Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

२९५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक ११, शुक्रबार (२ साल अघि)
नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् । क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन् ।

उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक वडा तहका मतदाता भेट्न लागेका हुन् । चुनावी प्रचार–प्रसार समितिका सदस्य मच्छिन्द्रनरसिंह प्याकुरेलका अनुसार वडा तहका कार्यकर्ता भेट्न तथा उनीहरूको आयोजनामा बस्ने संयुक्त बैठकमा सहभागी हुन लागेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र प्रदेससभा–२ (क) मा नेकपा (माओवादी केन्द्र)बाट रामप्रसाद ढुङ्गाना र प्रदेससभा–२ (ख)बाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) उम्मेदवार रहनुभएको छ । संयुक्त गठबन्धनका उम्मेदवारको आजदेखि सुरु हुने वडा तहको ‘पाँचदलीय संयुक्त भेटघाट कार्यक्रम’ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार केसीसहित सम्बन्धित प्रदेशको निर्वाचन क्षेत्रमा पुग्दा सोही स्थानका प्रदेससभा सदस्यका उम्मेदवार सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

साथमा गठबन्धन दलबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका उम्मेदवारसमेत सहभागी भएर वडा तहका पार्टी समितिका पदाधिकारी, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई भेट्ने कार्यक्रम तय भएको छ । यस्तै नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद खतिवडा, प्रदेस (क) का केशवराज पाण्डे र प्रदेससभा (ख) का उम्मेदवार विजय लामा तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचार अभियानलाई तिव्र पारेका छन् । उनीहरु कार्यकर्ता भेटघाट तथा मतदाता भेट्न व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

  • बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

  • उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution