Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ९, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद्को कहरः ६ महिनामा २८५ जनाले ज्यान गुमाए

प्रत्यूष ३७८ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक ४, शुक्रबार (३ साल अघि)
विपद्को कहरः ६ महिनामा २८५ जनाले ज्यान गुमाए

काठमाडौँ,०४ कात्तिक ।

विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ । यसवर्षको पहिलो ६ महिना (२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म) को अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का घटनामा परी ३३ जना बेपत्ता छन् भने ६०६ जना घाइते भएका छन् । यसवर्ष विपद्का घटनाले १ अर्ब १४ करोड ३ लाख २२ हजार ८३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिरकणले जनाएको छ ।

बाढी, पहिरो, हाई अल्टिच्युड, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, हिमपहिरो, जनावरको आक्रमण, वन डढेंलो र हिमपातका घटनाबाट उक्त जनधनको क्षति भएको हो । अघिल्लो वर्ष २०७८ को सोही अवधि (वैशाख १ गतेदेखि असोज ३१ गते)मा १ हजार ९६५ वटा विपद्का घटनामा परी २७० जनाको मृत्यु, ४४ बेपत्ता र १ हजार ३३९ जना घाइते भएका थिए ।

गतवर्षको पहिलो ६ महिनामा विपद्का घटनाले १ अर्ब ७ करोड ४७ लाख ६६ हजार २७२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

पहिरोका घटनाबाट सबैभन्दा बढीको मृत्यु 

बितेको ६ महिनामा विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु पहिरोमा परी भएको छ । सो समयमा पहिरोका घटनामा परी ९५ जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार यसवर्ष चट्याङ लागेर ८०, आगलागीमा परी २७, जनावरको आक्रमणमा परी २१, बाढीमा परी १९, सर्पको टोकाइबाट १८, हाई अल्टिच्युडका कारण ३, डुंगा दुर्घटनामा १, भारीवर्षाका कारण ८, हुरी बतासका कारण ९, हिमपहिरोमा परी २, वन डढेंलोमा परी १ र हिमपातका कारण १ जनाको मृत्यु भएको छ ।

आगलागीले गर्यो सबैभन्दा बढी आर्थिक क्षति 

बितेको ६ महिनामा विपद्का घटनामध्ये आगलागीले सबैभन्दा बढी आर्थिक क्षति गरेको छ । सो अवधिमा आगलागीका घटनाबाट ९५ करोड ३१ लाख ६७ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

प्राधिकरणका अनुसार पछिल्लो ६ महिनामा पहिरोका घटनाले ८ करोड ८१ लाख २८ हजार ७०० रुपैयाँ, बाढीले १ करोड ४५ लाख ८८ हजार रुपैयाँ, वन डढेंलोले १ करोड २३ लाख ८५ हजार रुपैयाँ, भारीवर्षाले ३ करोड ८१ लाख ३० हजार ६७५ रुपैयाँ र हुरी बतासले २ करोड ५४ लाख ६१ हजार ८०० रुपैयाँको आर्थिक क्षति गरेको छ । फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

  • एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

  • राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

  • वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

    वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

    वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution