Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिनिधिसभा निर्वाचन : कुन जिल्लामा कतिले दिए उम्मेदवारी ?

प्रत्यूष ३९७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ३०, आईतबार (३ साल अघि)
प्रतिनिधिसभा निर्वाचन : कुन जिल्लामा कतिले दिए उम्मेदवारी ?

काठमाडौँ,३० असोज ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५७ जनाको उम्मेदवारी परेको छ ।

देशका ७७ जिल्लामा परेको कुल उम्मेदवारीको १०.६५ प्रतिशत हिस्सा काठमाडौं जिल्लाले ओगटेको छ । १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार १८७ जना पुरुष र २२५ जना महिला रहेका छन् ।

आयोगको तथ्याङ्क अनुसार काठमाडौंपछि ठूलो संख्यामा उम्मेदवारी परेका प्रमुख ९ जिल्लामा क्रमसः मोरङ, धनुषा, सुनसरी, झापा, रुपन्देही, सिराहा, बारा, सप्तरी र सर्लाही रहेका छन् । मोरङमा १०५, धनुषामा १०१, सुनसरीमा ९४, झापामा ९४, रुपन्देहीमा ८८, सिराहामा ८७, बारामा ७७, सप्तरीमा ७० र सर्लाहीमा ६९ जनाले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका जिल्लामा क्रमसः हुम्ला, मनाङ, मुस्ताङ, जुम्ला, मुगु, डोल्पा, बाजुरा, रोल्पा, जाजरकोट, डोटी, रुकुम पश्चिम र रुकुम पूर्व रहेका छन् । आयोगका अनुसार हुम्लामा ३, मनाङमा ३, मुस्ताङमा ४, जुम्लामा ५, मुगुमा ५, डोल्पामा ५, बाजुरामा ५, रोल्पामा ५, जाजरकोटमा ६, डोटीमा ६, रुकुम पश्चिममा ६ र रुकुम पूर्वमा ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै रौतहटमा ६७, महोत्तरीमा ६७, ललितपुरमा ६३, चितवनमा ५५, पर्सामा ५३, कपिलवस्तुमा ५०, कैलालीमा ४८, कास्कीमा ४६, दाङमा ४३, भक्तपुरमा ४०, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ३६, बाँकेमा ३६, काभ्रेपलाञ्चोकमा ३३, कञ्चनपुरमा ३२, उदयपुरमा २८, धादिङमा २८, नुवाकोटमा २८, सिन्धुपाल्चोकमा २७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २७ र मकवानपुरमा २६ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

तनहुँमा २५, इलाममा २५, स्याङ्जामा २४, गुल्मीमा २३, पाल्पामा २३, रामेछापमा २२, गोरखामा २२, सिन्धुलीमा २१, दोलखामा २१, बर्दियामा १८, सुर्खेतमा १७, पाँचथरमा १५, दैलेखमा १३, बागलुङमा १३, संखुवासभामा १२, भोजपुरमा १२, पर्वतमा १२, अर्घाखाँचीमा ११, अछाममा ११, ताप्लेजुङमा ११, बैतडीमा ११, लम्जुङमा ११, तेह्रथुममा १०, रसुवामा १०, दार्चुलामा ९, म्याग्दीमा ९, डडेल्धुरामा ८, सोलुखुम्बुमा ८, खोटाङमा ८, ओखलढुंगामा ८, बझाङमा ७, धनकुटामा ७, प्युठानमा ७, सल्यानमा ७ र कालिकोटमा ७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution