Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

प्रत्यूष ४७९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २८, शुक्रबार (३ साल अघि)
‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

काठमाडौँ,२८ असोज ।
नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल –अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर निर्माण गरिएको ‘नालापानी’ लाई कर छुट गराउन पहल सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसँग भेट गर्दै कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ ।

“ हाम्रो आग्रहमा सचिव ज्यूले अर्थ मन्त्रालयमा कर छुटको अनुरोधसहित पत्राचार गर्नुभएको छ । बोर्डले विशेष चलचित्र घोषणा गरी सम्मान गरिसकेकोले यो कर छुट योग्य छ,” बोर्ड अध्यक्ष केसीले भन्नुभयो । उहाँले हलमा देखाइने विज्ञापन लगायतका अन्य विषयमा सहजीकरणका लागि पहल गर्नुभएको छ ।

फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बोर्डले गरेको पहलले ऊर्जा मिलेको बताउनुभयो । “यो फिल्म मात्र नभइ नेपाली वीरताको इतिहास हो । यस्ता विषयवस्तुलाई फिल्म बनाउँदा अन्य देशमा राज्यले सेवा सुविधा दिने गरेका छन् । यहाँ पहल भएको छ । म जस्तै अन्य लगानी गर्न इच्छुक निर्मातालाई यसले अगाडि बढ्न सहयोग गर्छ,” उहाँले भन्नुभयो ।

सञ्चार मन्त्रालयमा सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा प्रवद्र्धन, स्थानीय सहितका विभिन्न कर छुटको सन्दर्भमा छलफल भएको निर्देशक अधिकारीले जानकारी दिनुभयो । नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई अहिलेको पुस्तालाई देखाउन र बुझाउन फिल्म निर्माण गरेको निर्देशक अधिकारी बताउनुहुन्छ ।

“सीमित प्रविधि, बजारले गर्दा हाम्रो मेकिङमा असर गर्छ । यद्यपि हामीले सक्दो मेहनत गरेका छौँ,” उहाँले भन्नुभयो । उहाँले झण्डै नौ वर्ष लगाएर फिल्म तयार गर्नुभएको हो । लेखन तथा अनुसन्धानमा निर्देशक अधिकारीलाई कृष्ण आचार्यले सहयोग गर्नुभएको छ । प्रा डा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविद् प्रा डा धनराज कुँवर, प्रा डा त्रिरत्न मानन्धर, प्रा दिनेशराज पन्त, प्रा डा सुरेन्द्र केसी, पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातसँग छलफल गरेर नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ मा आधारित रहेर ‘नालापानी’ तयार पारिएको निर्देशक अधिकारीले बताउनुभयो ।

देशभक्त खनाल, अर्जुनजङ शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजङ कार्की, सिमन खड्का, सुशील खड्का, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution