Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ९, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘मिडिया अनुगमन सेना र प्रहरी रहेको संयन्त्रबाट गराउनुहुँदैन’

प्रत्यूष २९९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २८, शुक्रबार (३ साल अघि)
‘मिडिया अनुगमन सेना र प्रहरी रहेको संयन्त्रबाट गराउनुहुँदैन’

काठमाडौँ,२८ असोज ।

निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् । आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगलाई सुझाएका हुन् ।

आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तक्रिया कार्र्यक्रममा बोल्दै बरिष्ठ पत्रकार एवं काउन्सिसलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले आयोगले अनुगमनका लागि जंगी कर्मचारी राखेर वेकारको लफडामा परेको बताए । ‘निर्वाचन आचारसंहिताको सुक्ष्म अनुगमन आयोगले गर्न सक्छ तर, त्यसको संरचनामा जंगी कर्मचारी राख्दा वेकारमा शंका पैदा गराएको छ ।

यो कदम उचित होइन,’ दाहालले भने ।  उनका अनुसार आयोगले अनुगमनको जिम्मेवारी नदिएपनि आचारसंहिता कार्यान्वयन भए/नभएको विगतभन्दा बढी नै काउन्सिल सक्रिय हुनुपर्ने दाहालको सुझाव छ ।

नेपाल पत्रकार महासंघ, प्रेस चौतानी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन सबैले काउन्सिलसँग समन्वय नगरेर आयोगले गल्ती गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरिसकेका छन् । ती संगठनहरुले प्रेस विज्ञप्ति नै जारी गरेर आयोगले मिडियाको अनुगमन र कारवाही आफैले गर्न खोजे त्यो मान्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने जनाईसकेका छन् ।

‘आयोगले गठन गरेको संयन्त्रमा सेना प्रहरीसमेत राखेर शाहीकालीन झल्को दिईएको छ, आयोग संविधानभन्दा बाहिर जान सक्दैन,’ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने, ‘यस्तो कार्यको विरोध गर्दा कारबाही हुन्छ भने जेल जान पनि तयार छु ।’ ‘आयोगले बनाएको संयन्त्र गलत भएकोले हामी गम्भीर छौं,’उनले भने,‘आयोगले अहिले जे गर्दैछ त्यो संविधानविपरीत छ । अरुलाई वास्तै नगरी एक्लै हिँड्न खोजिएको छ।

निर्वाचन आयोगले मिडिया र सामाजिक सञ्जालमा आउने सामग्री अनुगमन गर्न प्रेस अफिसको स्थापना गरेको छ । आयोगका सहसचिवको संयोजकत्वमा बनेको संयन्त्रमा सेना, प्रहरीको साइबर ब्युरोका प्रतिनिधि, विज्ञापन बोर्ड, सहितको प्रतिनिधि रहने भनिएको छ ।  काउन्सिलको अधिकार कटौती गर्ने गरी आयोगले नै मिडिया अनुगमन गरेको भन्दै काउन्सिल र आयोगबीच द्वन्द्व सुरु भएको छ ।

आयोगले लिएको पछिल्लो निर्णयलाई वक्ताहरुले अधिनायकवादको संज्ञा समेत दिए । मिडियाको सामग्री अनुगमन आयोगले गर्ने नभई प्रेस काउन्सिललाई दिनुपर्ने वक्ताहरुको जोड थियो । ‘मिडिया अनुगमनको काम आयोगले गर्ने होइन, जसको जे जिम्मेवारी हो त्यही गर्नु्पर्ने हुन्छ, सेना र प्रहरी रहेको संयन्त्रबाट अनुगमन गराउनुहुँदैन,’डब्लुडब्लुएफकी अध्यक्ष निर्मला आचार्यले बताइन् ।

व्यावसायिक रेडियोको छाता संगठन वानका अध्यक्ष कुमार भट्टराईले काउन्सिल बाहेक मिडियाको सामग्री अनुगमन र कारवाही गर्ने अधिकार अरुलाई नभएको बताए । सामुदायिक रेडियोहरुको साझा छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) ले पनि आयोगको कदमको विरोध जनाएको छ । एकोराबको अध्यक्ष अर्जुन गिरीले अनुगमन आयोगको नभई काउन्सिललाई दिनुपर्ने बताए । गिरीले काउन्सिलको काम कारवाही व्यवस्थित र विश्वसनीय भएकाले काउन्सिलसँगै सहकार्य गर्न आयोगलाई सुझाएका थिए ।

वक्ताहरुले गत स्थानीय चुनावमा काउन्सिलले प्रभावकारी ढंगले अनुगमन गरेको र त्यसले मिडिया जगतमा राम्रो सन्देश दिएको समेत स्मरण गरेका थिए । माओवादी निकट प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले सेना, प्रहरी राखेर मिडिया अनुगमन गर्ने संयन्त्र बनाउनु गलत भएको बताए । मिडिया नेपालका गोपाल पौडेल, समाजवादी प्रेसका महासचिव भूपराज खड्काले पनि आयोगको कदमको विरोध जनाए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला आचारसंहिता कार्यान्वयन गराउन थप सक्रिय हुने बताए । ‘हाम्रो काम मिडियाका कन्टेन्ट अनुगमन गर्ने,  आचारसंहिता पालना गराउने र त्यसका लागि आवश्यक समन्वय गर्ने भएकोले अरु बेलाभन्दा थप सक्रिय हुन्छौं,’उनले भने । कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यहरु दिपक पाण्डे, ठाकुर बेल्वासे र रामप्रसाद दाहालसहित विभिन्न विज्ञ पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

    रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

  • नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

  • घुम्नैपर्ने ठाउँ बर्येडाँडा

    घुम्नैपर्ने ठाउँ बर्येडाँडा

  • तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर ४ गते बिहिबार

    २०८२ मंसिर ४ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

    रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    घुम्नैपर्ने ठाउँ बर्येडाँडा

    घुम्नैपर्ने ठाउँ बर्येडाँडा

    तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution