Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा को-कोबीच हुँदैछ भिडन्त ?

प्रत्यूष १२१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २६, बुधबार (५ महिना अघि)
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा को-कोबीच हुँदैछ भिडन्त ?

काठमाडौँ,२६ असोज ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१ मा विभिन्न दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् ।यस क्षेत्रमा नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं.१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई उठाएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । थोरै मतले मात्र सिंह विजयी बनेका थिए । काठमाडौं क्षेत्र नं.१ मा विवेकशील साझा पार्टीले शंकर बन्जाडे र राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उठाएको छ ।

काठमाडौं क्षेत्र नं.२ मा विभिन्न दल र स्वतन्त्र गरी ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुन्ती देवी पोखरेल (उपाध्याय), विवेकशील साझा पार्टीको तर्फबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नंं.३ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण बहादुर राई, नेपाली कांग्रेसले सन्तोष चालिसे, नेकपा (माओवादी केन्द्र)ले बद्री प्रसाद बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा बिक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं.४ मा विभिन्न दल र स्वतन्त्र गरी ३५ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले राजन भट्टराई, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं.५ मा विभिन्न दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राम प्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रणय शम्शेर राणा रहेका छन् ।

काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.६ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेपका एमालेले सवेन्द्र खनाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले भिमसेन दास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णु प्रसाद आचार्य, विवेकशील साझा पार्टीले अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाललाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं.७ मा विभिन्न दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेका श्याम कुमार घिमिरे, सत्तारुढ गठबन्दनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव विक्रम मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली रहेका छन् ।

काठमाडौं क्षेत्र नं.८ मा विभिन्न दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले शिव सुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रकाश रिमाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले जीवन राम श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं.९ मा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण गोपाल श्रेष्ठ, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले कल्पना धमला, राष्ट्रिय प्रजातन्त्र पार्टीले देबेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेक बहादुर पोखरेललाई उठाएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१० मा विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट हिमेस केसी, नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र कुमार केसी, नेकपा (माओवादी केन्द्र)को तर्फबाट अन्जना विशंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बलराम थापा, विवेकशील साझा पार्टीको तर्फबाट सनन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रदिप विष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रास्वपाका उम्मेदवारलाई टिकट

    रास्वपाका उम्मेदवारलाई टिकट

  • रसुवागढी नाका आजदेखि पुनः सञ्चालन

    रसुवागढी नाका आजदेखि पुनः सञ्चालन

  • पेसागत महासङ्घको महाधिवेशन बिहीबारदेखि

    पेसागत महासङ्घको महाधिवेशन बिहीबारदेखि

  • नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

    नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

  • प्रत्यूष ई-पेपर थप

    २०७९ चैत्र १७ गते शुक्रबार

    २०७९ चैत्र १७ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रास्वपाका उम्मेदवारलाई टिकट

    रास्वपाका उम्मेदवारलाई टिकट

    रसुवागढी नाका आजदेखि पुनः सञ्चालन

    रसुवागढी नाका आजदेखि पुनः सञ्चालन

    पेसागत महासङ्घको महाधिवेशन बिहीबारदेखि

    पेसागत महासङ्घको महाधिवेशन बिहीबारदेखि

    नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

    नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0