Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गोरखा–२ बाट प्रचण्ड चुनाव लड्ने

२०० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २२, शनिबार (२ साल अघि)
गोरखा–२ बाट प्रचण्ड चुनाव लड्ने

काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने भएका छन्।
२०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उनी यसपटक गोरखा–२ बाट चुनाव लड्ने भएका हुन्। गठबन्धनका दलहरू बिच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने भएका हुन्।

यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए। पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन निरन्तर दवाव दिएपछि अन्तिम समयमा प्रचण्डले चितवन छोडेर रोजेका छन्।

२०६४ को निर्वाचनदेखि ३ पटकका निर्वाचनमा ४ ठाउँबाट प्रतिस्पर्धा गरेका प्रचण्डले कुनै पनि क्षेत्र दोहो¥याएका छैनन्। २०६४ चैत्रको पहिलो संविधानसभा निर्वाचनमा उनी रोल्पा र काठमाडौं–१० बाट विजयी भएका थिए। तर, २०७० को निर्वाचनमा प्रचण्डले पूरानो निर्वाचन क्षेत्र छोडेर सिरहा–५ रोजेका थिए।

२०७४ को निर्वाचनमा सिरहाबाटै चुनाव लड्न एकल सिफारिस गरिएको भए पनि प्रचण्डले चितवन–३ रोजेका थिए। चितवन–३ बाट भारी मतले विजयी भएका उनले जिल्लाको विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आएका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका माओवादी केन्द्रले जितेको छ, जहाँ महानगरको अधिकांश भूभाग प्रचण्डको निर्वाचन क्षेत्रभित्र पर्दछ। तर, जीत सुनिश्चित हुँदाहुँदै पनि उनले अन्तिममा चितवन छोडेर गोरखा रोजेका छन्।

नेपालका शीर्ष नेतामध्ये प्रचण्ड भावुक स्वाभावका नेता मानिन्छन्। १० वर्षको सशस्त्र द्वन्द्वको नेतृत्व गरेका उनले जनताका हजारौं छोराछोरीको बलिदानीकै कारण देशमा संघीय गणतन्त्र आएको भन्दै बलिदानीको उच्च सम्मान हुनुपर्नेमा जोड दिँदै आएका छन्।
गोरखा पनि त्यस्तो जिल्ला हो, जहाँ प्रचण्डले स्वयंले शिक्षकको भूमिकामा रहेर क्रान्तिकारी संगठन निर्माण गरेका थिए। जनयुद्धको पहिलो योजनासमेत गोरखा बैठकले निर्माण गरेका कारण यस जिल्लामा प्रचण्डको विशेष अनुराग रहेको मानिन्छ। जनयुद्धको क्रममा सबैभन्दा पहिला मारिने दिलबहादुर रम्तेलदेखि पार्टीको शीर्ष नेताबाट मारिने सुरेश वाग्लेसम्मका नेता गोरखाकै हुनुले पनि माओवादीका निम्ति गोरखा विशेष महत्वको जिल्ला मानिन्छ।

२०७४ को चुनावमा गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए। भट्टराईले यसपटकको निर्वाचनमा गोरखाबाट प्रचण्ड नै चुनाव लड्नुपर्ने प्रस्ताव राखेका थिए। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत गोरखा–२ बाट चुनाव लड्नसक्ने आंकलन गरिएको थियो। तर, डा. भट्टराईले चुनाव नलड्ने घोषणा गरेका र श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेका कारण नेताहरूकै जोडबलमा प्रचण्ड गोरखाबाट लड्न लागेका हुन्।

प्रचण्ड राष्ट्रिय नेता भएकाले सधैं एउटै क्षेत्रबाट चुनाव लड्न नहुने अभिमत माओवादीभित्र बलियो देखिन्छ। पछिल्लो ५ वर्षमा चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रचण्डले प्रत्येकपटकको निर्वाचनमा अलग अलग ठाउँबाट चुनाव लडेर सबै क्षेत्रहरूलाई समान दृष्टिले हेर्ने सन्देश दिनुपर्ने मान्यताअनुसार उनी गोरखा–२ बाट लड्न लागेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले गोरखाका ११ मध्ये ९ स्थानीय तह जितेको थियो। गोरखामा एक्लै लड्दा पनि माओवादीको जनाधार बलियो देखिएको र गठबन्धनबाट चुनाव लड्दा देशभरिको चुनावी अभियानलाई कमाण्ड गर्न प्रचण्डका लागि सहज हुने नेताहरू बताउँछन्। स्थायी समितिका अधिकांश नेताहरूले गोरखा–२ बाट चुनाव लडेर देशभरिको चुनावी कमाण्ड गर्नु राम्रो हुने सुझाव दिएपछि अन्ततः उनले गोरखा–२ रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

  • अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

  • त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution