Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन कांग्रेस नेता सक्रिय

प्रत्यूष ३९२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २१, शुक्रबार (३ साल अघि)
बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन कांग्रेस नेता सक्रिय

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) अपूर्व ढुंगानालाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सुरु भएको पाइएको छ ।

सत्ता र सक्तिको आडमा गतवर्ष मंसिर ४ गते खानिखोला पुगेका प्रहरी निरीक्षक ढुंगानालाई छुटाउन सार्वजनिक लेखा समितिका पुर्व सभापति भरतकुमार शाह सहित नेपाली कांग्रेसका नेताहरुले प्रहरी प्रधान कार्यालय मार्फत दवाव दिन थालेका छन् । कांग्रेस  नेता शाह रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७४ सालको निर्वाचनमा विजयी सांसद हुन् । उनी अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै छन् ।

धादिङका एक प्रहरी अधिकृतका अनुसार ढुंगानालाई मिलाएर मुद्दा चलाउन र सहज बनाउन दवाव दिदै शाहलगायत बालुवाटारबाट समेत पटक पटक फोन आउने गरेको छ । धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले फोनबाट आउने दवावका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेको प्रहरी अधिकृतहरु बताउँछन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहकी श्रीमती कांग्रेस रुपन्देहीकी उपसभापति अनिता ढुंगाना शाहका सहोदर भाई हुन् । भरतकुमार शाह प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका अति निकटस्थ हु्न् ।

यतिमात्रै होईन लम्जुङको सुन्दरबजार नगरपालिका घर भई काठमाडौ बसोबास गर्दै आएका ढुंगाना कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका नजिकका आफन्त समेत भएकोले प्रहरीमा पटक पटक आकर्षक पोष्टिङ पाउँदै आएको प्रहरीभित्र ब्यापक चर्चा हुने गरेको छ । उनलाई सहज हुने वातावरण बनाउन पौडेलसमेत सक्रिय रहेको पाइएको छ ।

धादिङका एक प्रहरी अधिकारीका अनुसार यसअघि पनि एकजना महिला प्रहरी अधिकृतमाथि जवर्जस्ती करणी प्रयत्न गरेको मौखिक उजुरी थियो तर ढुंगानाले बालुवाटारको शक्ति प्रयोग गरेर ती अधिकृतलाई सरुवा मात्रै गराएनन् यो बिषय उठाए जुनसकुै बेला जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए ।

“ढुंगाना सरको खानिखोलामै यसपटक तेश्रो पटक हो, उहाँलाई मापसे गरेपछि नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ”–ती प्रहरी अधिकृतले भने । राति एक बजे घटना घटाएर बिहान काठमाडौ पुगेका ढुंगानालाई गएको शनिवार साँझबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
धुनिबेशी नगरपालिका सम्बन्धि थप
  • ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution