
धादिङ,१८ असोज ।
हिन्दु नेपालीहरुको महान चाड वडा दशैंको रौनकता छाएको छ । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर फर्किएर आफन्त, साथीभाई तथा परिवारसँग रमाईलो गरिरहेका छन् । दशैंलाई खानपिन गरी मनाइने चाडको रुपमा लिइन्छ ।
विशेषगरी दशैंमा माछामासुका परिकार बढि खाने गरिन्छ । सन्तुलित तरिकाले मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो भए पनि मासु बढी खाँदा ठूला स्वास्थ्य समस्या पनि आउन सक्छन् । त्यसैले दशैको समयमा मासु खाँदा बिभिन्न कुरामा ध्यान दिनुपर्ने धादिङ अस्पतालका ईमरजेन्सी ईञ्चार्ज डा.दिनेश रेग्मिले बताउनुभयो ।
सबैले त होइन तर, दीर्घ रोगीहरुले चाहिँ मासु खाँदा ध्यान दिन जरुरी छ । जो डाइविटिज, प्रेसर, सुगर, ग्याष्ट्रिकका बिरामी छन् अथवा पेटको समस्या छ, पचाउन सक्ने क्षमता छैन, कमजोर छ भने त्यस्ता मानिसहरुले मासु खाँदा विशेष ध्यान दिन जरुरी रहेको डा.रेग्मिले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘रमाईलो चाड मान्ने धूनमा हामीकहाँ दशैंमा एकै दिन धेरै पकाउने अनि लामो समयसम्म खाइराख्ने चलन छ ।
यो एकदमै गलत हो। हामी मासु कति खान्छौं, त्यति मात्र पकाउने गर्दा स्वास्थ्यलाई राम्रो गर्छ । अनि पकाएर राखेको मासुलाई लामो समयसम्म खाने गर्दा पकाएको मासुमा बिभिन्न किटाणुले आक्रमण गर्र्छ त्यसको व्यवस्थापन हुन नसक्दा फुडपोईजनको समस्या पनि आउन सक्ने उहाँले भन्नुभयो। स्वस्थ्य मासुले शरीरमा प्रोटिनको मात्रा बढाउने भन्दै उहाँले सामान्य तरिकाले कम नुन तेल मसलाको प्रयोगबाट बनाएको छ भने फाइदा गर्ने बताउनुयो ।
मासु धेरै खाएमा पेट गडबडी हुने, स्वास प्रस्वासमा कठिनाई हुने, वेचैनी हुने उहाँको भनाई छ । परिवारमा अरुबेला मासु कसरी खाइन्छ त्यो बेष्ट हो । तर दशैमा तीनचार दिन लगातार खानु राम्रो नहुने डा.रेग्मिले बताउनुभएको छ । धेरै खाने र रेगुलर चारपाँच दिन खाँदा पाचन प्रक्रियामा अनियमितता र असन्तुलन भएर त्यसले दीर्घकालीन र तत्कालीन असर देखिन सक्छ ।
त्यही भएर मासु थोरै खाने, थोरै भनेको ३,४ पिस खाने हो,उहाँले भन्नुभयो। नियमित तरिकाले जसरी खाइन्थ्यो त्यहि तरिकाले त्यति नै मात्रामा खाँदा फाइदा हुने उहाँको भनाई छ । मासुलाई फ्रिजमा तापक्रम मिलाएर राख्ने,सकेसम्म धेरै नराख्ने लोडसेडिङका कारण फ्रिज बन्द हुँदै खुल्दै गर्ने अवस्था भयो भने मासु बिष हुन सक्ने भएकाले ध्यान दिन सुझाव दिनुभएको छ ।
यस्तो भन्नुहुन्छ, धादिङ अस्पतालका ईमरजेन्सी ईञ्चार्ज डा.दिनेश रेग्मि

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |