Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नवमीदेखि देशभर पानी पर्नेःबाढी पहिरोको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह

प्रत्यूष २९३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १६, आईतबार (३ साल अघि)
नवमीदेखि देशभर पानी पर्नेःबाढी पहिरोको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह

धादिङ,१६ असोज ।
दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने भएकोले सतर्कता अपनाउन मौसमविद् वरुण पौडेलले आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ ।

नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा हुनेछ भने दशैँको टीकाको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मोसमविद् वरुण पौडेलले बताउनुभयो ।

यस्तै, एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । गएको जेठ २८ गते भित्रिएको मनसुन ढिलो गरी बाहिरिने भएको छ । मनसुनको अवधि आज अर्थात अक्टोबर २ तारिखसम्म मात्रै रहे पनि अन्तिममा फेरि सक्रिय हुँदै छ। यो हप्ताभरी नै मनसुन रहने अनुमान छ ।

यसैबीच, मौसमविद्ले ठूलो वर्षाको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा पनि सचेत रहन आग्रह गरेका छन् । बाली भित्र्याउँदै आज र भोलि भित्र भित्र्याइसक्न नभए अर्का हप्तासम्म पर्खन सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution