Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

किन बलियो हुँदैछ डलर ?

प्रत्यूष ३१९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १४, शुक्रबार (३ साल अघि)
किन बलियो हुँदैछ डलर ?

अमेरिकी डलर अन्य मुद्राको तुलनामा पछिल्लो दशकमा सबैभन्दा बलियो स्थितिमा छ । यसको मतलब यो हो कि डलर किन्न धेरै महँगो भएको छ र एक डलरले अब पहिलाभन्दा धेरै पाउन्ड, युरो वा येन किन्न सकिन्छ । यसले विश्वभरका व्यवसाय र घरहरूलाई असर गरिरहेको छ ।

डलर इन्डेक्स अर्थात् डिएक्सवाईले अमेरिकी डलरलाई​ विश्वभरीका ६ मुद्रासँग तुलना गर्छ । यसमा युरो, पाउन्ड र येन समावेश छ ।​ डिएक्सवाई २०२२ मा १५ प्रतिशत बढेको छ । यी तथ्याङ्कले डलरको भाउ विगत २० वर्षयताकै उच्च रहेको देखाउँछ ।

यति बलियो किन छ डलर ?

बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले यस वर्ष धेरै पटक ब्याजदर बढाएको छ । यसले डलर प्रयोग गर्ने वित्तीय उत्पादनहरूबाट आम्दानी बढेको छ । यसको एउटा उदाहरण अमेरिकी सरकारी ऋणपत्र हो ।

ऋणपत्र भनेको सरकार र कम्पनीहरूका लागि भविष्यमा ब्याजसहित पैसा फिर्ता गर्ने वाचा गर्दै ऋण लिने माध्यम हो । सरकारी ऋणपत्र सामान्यतया सुरक्षित मानिन्छ । हालका दिनहरूमा, लगानीकर्ताहरूले अमेरिकी ऋणपत्र किन्न लाखौँ डलर खर्च गरिरहेका छन् । उनीहरूले यी बन्डहरू किन्न डलर खर्च गर्नुपरिरहेको छ र बढ्दो मागका कारण डलरको मूल्य बढेको छ ।

जब लगानीकर्ताले डलर किन्न अन्य मुद्राहरू प्रयोग गर्छन्, ती मुद्राको मूल्यमा गिरावट आउँछ । विश्व अर्थतन्त्र संकटमा परेका बेला पनि लगानीकर्ताहरु डलर किन्न चाहन्छन् । अमेरिकी अर्थव्यवस्था निकै ठूलो छ र यसलाई सुरक्षित स्थान मानिन्छ । यसैकारण पनि मूल्य बढ्छ ।

तेलको मूल्य वृद्धिका कारण युरोप र एसियाका धेरै अर्थतन्त्र समस्यामा परेका छन् । अमेरिकामा पछिल्लो ६ महिनामा मूल्यवृद्धिको प्रभाव त्यति देखिएको छैन ।

पछिल्लो तीन महिनामा अमेरिकाको अर्थतन्त्र पनि संकुचित भएको छ तर कम्पनीहरूमा कामदार हायरिङ भइरहेको छ, यसलाई बढ्दो विश्वासका रूपमा हेरिएको छ ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

  • नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

  • मुस्ताङमा कात्तिकमै  हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न  आग्रह

    मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

  • सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    मुस्ताङमा कात्तिकमै  हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न  आग्रह

    मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution