Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचन आचारसंहिता लागू भएको बेला पत्रकार र मिडियाले के गर्न हुँदैन ?

प्रत्यूष २६५ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (२ साल अघि)
निर्वाचन आचारसंहिता लागू भएको बेला पत्रकार र मिडियाले के गर्न हुँदैन ?

काठमाडौँ,१३ असोज ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरिसकेको छ । आचारसंहितमा पत्रकार, सञ्चार प्रतिष्ठान र सम्बद्ध कर्मचारीले के गर्नु हुन्छ, के हुँदैन स्पष्ट लेखिएको छ ।

‘कुनै राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने,’ निर्वाचन आचारसंहितमा भनिएको छ, ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने ।’ आचारसंहितामा पत्रकारले जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावना खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभवा हुने गरी समाचार प्रकाशन र प्रसारण गर्न नहुने जनाइएको छ ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने पनि आचारसंहितामा उल्लेख छ । ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने, तर मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न पाइने छैन,’ आचारसंहितमा भनिएको छ ।

निर्वाचन आचारसंहिता लागू भएको बेला कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम, अनलाइन छापा जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न समेत पाइने छैन । राजनीतिक दल वा उम्मेदवार वा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न पनि पाइने छैन ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । ‘निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्बिर वा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने,’ आचारसंहितामा लेखिएको छ, ‘नेपालको निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्री पुनः प्रकाशन वा प्रसारण गर्न नहुने ।’

कसैले निर्वाचनलाई प्रभाव पर्ने उदेश्यले होच्याउने, दुष्प्रचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण गर्नेजस्ता भ्रामक टिका टिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न नहुने र त्यस्तो टिकाटिप्पणी सम्प्रेषण भएमा इन्टरनेट सेवा प्रदायक वा केबल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनु पर्ने आचारसंहितामा स्पष्ट शब्दमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

  • ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

  • बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

  • बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

    बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

    बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution