Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम

प्रत्यूष २७० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (२ साल अघि)
Post Thumbnail

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ ।

अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँले भर्न भने महिनौँ मुस्किल हुन्छ । आवेदन २४ घण्टा खुला भनिएको हुन्छ तर रातिको १२–१ बजे भर्दासमेत सेवाग्राहीले फाराम भर्न सकेका हुँदैनन् । यस्तैमा बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्सको नयाँ आवेदन छठसम्मका लागि बन्द गरेको छ । सरुवा भएर आउने १५ जना कर्मचारी कार्यालयमा हाजिर नभएकाले र बाँकी रहेकाले काम गर्नुपर्ने भएकाले बन्द गरिएको एकान्तकुनाका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो ।

अनलाइन आवेदन खुला भएको समयमा भर्नेको चाप, तोकिएको कोटा पूरा भएपछि भर्न नसकिने प्रमुख कपालीको भनाइ छ । उहाँले भन्नभुयो, “फाराम भर्नेले भर्न नसक्नुको मुख्य कारण कोटा सकिएपछि हो, अर्को कुरा मोबाइलबाट भर्दा समस्या देखिएको छ, विवरण पछि सच्याउनुपर्ने केस आइरहेका छन् । त्यसैले ल्यापटप वा कम्प्युटरबाटै भर्दा राम्रो हुन्छ ।” एकान्तकुना कार्यालयले तत्कालका लागि अनलाइन आवेदन बन्द गरेपछि खुला रहेका अन्य कार्यालयमा फाराम भर्न नाङ्लो पसलहरूले सेवाग्राहीलाई सुझाव दिन्छन् । एकान्तकुनामा नाङ्लो पसल राख्नुभएकी सम्झना दिदीले भन्नुभयो, “यहाँ बन्द छ, राधेराधेमा भर्ने हो भने भोलि बिहान भरिदिन्छु । हजार रुपियाँ लाग्छ, मैले भर्ने होइन छोरीले कोठाबाटै भरिदिन्छे ।”

तोकिएको कोटा अनलाइनमा उपलब्ध छैन भने आवेदन भर्न सकिँदैन । काठमाडौँ उपत्यकाका चारवटा यातायात कार्यालयमा तोकिएको दिनभन्दा पहिल्यै कोटा सकिएपछि थप आवेदन भर्न नसकिएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेशभित्र आवेदन सङ्ख्याको दैनिक कोटा तोक्छ । मन्त्रालयका अनुसार प्रायःजसो यातायात व्यवस्था कार्यालय चाबहिलमा दैनिक ८००, ठूलो भ-याङमा ९००, जगाती राधेराधेमा ८५० वटा कोटा तोकिएको हुन्छ तर ती कोटा समयअगावै सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले भन्नुभयो, “काठमाडौँको हकमा १५ दिनका लागि छुट्याइएको कोटा पाँच दिनमै भरिन्छ । अनिबाँकी १० दिनमा भर्नेको फाराम भरिँदैन, अहिले भएको त्यही हो, यसलाई हामी व्यवस्थापन गर्दैछौँ ।” अनलाइन आवेदन सहज बनाउन ट्रायल सेन्टर, कोटा र यातायात कार्यालयमा कर्मचारी थप गर्नुपर्ने पोख्रेलको भनाइ छ ।

यातायात व्यवस्था विभागका अनुसार दैनिक १२ हजारसम्म नयाँ आवेदनको कोटा छुट्याउँदा पनि सेवाग्राहीको चाप घटेको छैन । अन्य प्रदेशमा दैनिक कोटा पुगेको छ तर काठमाडौँ उपत्यकामा अभाव छ । विभागका अनुसार गण्डकी, लुम्बिनी र बागमतीमा चाप बढी छ ।

अनलाइन आवेदन सुरु भएदेखि हालसम्म पाँच लाख आठ हजार ८७० जनाको आवेदन रुजु गरेर सम्बन्धित कार्यालयमा पठाइएको विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । हालसम्म नौ लाख ३५ हजार सात सय जनाले अनलाइन फाराम भर्न साइट भिजिट गरेका छन् । उहाँले भन्नुभयो, “जति कोटा छ, त्यसको ८० प्रतिशतले कार्यालय भिजिट गर्छन् । दैनिक १० देखि १२ हजारसम्म आवेदन आउँछन्, जसमा पाँच हजारले कार्यालय भिजिट गर्छन् ।”

समस्या समाधानका लागि विभागले थप पहल गरिरहेको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । ‘मास प्रिन्टर’ र थप नयाँ प्रिन्टकार्ड ल्याउन सकियो भने अनलाइन आवेदन भर्न नपाएका सेवाग्राहीको पनि समस्या समाधान हुने उहाँको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

  • बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

  • उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २३ गते सोमबार

    २०८२ भाद्र २३ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution