Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दसैँ सुरु हुँदा मर्मत भइसकेनन् सडक

प्रत्यूष २९६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार (२ साल अघि)
दसैँ सुरु हुँदा मर्मत भइसकेनन् सडक

काठमाडौँ,१२ असोज ।
दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन ।वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ । बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ ।

असोजको दोस्रो सातासम्मको वर्षा तथा चाँडो दसैँ परेकाले सडकको अवस्था अपेक्षा अनुसार मर्मत भइनसकेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो । दसैँ अगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअनुसार काम हुन नसकिरहेको उहाँले बताउनुभयो । विभागले अनुकूल स्थानमा सडक मर्मत गरिरहेको छ । उहाँले भन्नुभयो, “पानी नपरेको र काम गर्न सकिने ठाउँमा खाल्डारहित बनाइएको छ ।”

दसैँका लागि लक्षित गरेर भदौ अन्तिम साताबाट मर्मत सुरु गरिएको विभागले जनाएको छ । मिलेको र सुकेको ठाउँमा खाल्डा टाल्ने काम भइरहेको छ । हाल महेन्द्र राजमार्ग, मुग्लिन–पोखरालगायतका सडकमा निर्माण भइरहेको छ ।

जहाँ नियमित पानी परिरहेको छ त्यहाँ काम गर्न नसकेकाले त्यहाँ खाल्डा देखिएको छ । सडकमा बढी समस्या नारायणगढ–बुटवल खण्डमा देखिएको छ । निरन्तर वर्षा र सवारीसाधन बढी भएकाले काम गर्न सजिलो छैन । पहिरो गएका ठाउँमा समेत काम गर्न सकिएको छैन । पानी रोकिएपछि सतह मिलाउने, कालोपत्रको काम गर्न सकिनेछ । उहाँले भन्नुभयो, “वर्षाका कारण काम गर्न नसकेर सडक अप्ठेरो भएको छ ।”

अहिले साँफेबगर–मार्तडी, बेनी–जोमसोम, बेसीसहर–चामे, मुग्लिन–नारायणगढमा समस्या देखिएको छ । पहाडका सडकमा वर्षामा बिग्रिएकामा अझै काम गर्न नपाइएको जनाइएको छ । दसैँको समयमा डिभिजन सडक कार्यालयले नियमित मर्मतको काम गर्ने भएका छन् । एक दुई दिनबाहेक काम हुनेछ । कामदारमध्ये धेरै स्थानीयवासी भएकाले सम्बन्धित डिभिजनले उनीहरुलाई काम लगाउनेछन् ।

सङ्घीय सरकारको जिम्मेवारीमा अहिले ८० राजमार्गको झन्डै एक हजार पाँच सय किमी सडक रहेको छ । जम्मा सडकमध्ये १० हजारमा किमीमा नै नियमित मर्मत आवश्यक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताउनुभयो । सम्बन्धित विभागले नियमित रुपमा आफैँले वा ठेक्कामार्फत मर्मत गराउँछ ।

सडक नियमित मर्मतका लागि पहेँलो ज्याकेट लगाएर काम गर्ने दुई हजार छ सय कर्मचारी विभागसँग करारमा छन् । नियमित मर्मत गर्न पहाडमा तीन र तराईमा पाँच किमी हेर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ । उनीहरुले ससानो पहिरो टाल्ने, खाल्डो पुर्नेलगायतका काम गर्छन् । डिभिजनले आफ्नो उपकरण र जनशक्ति प्रयोग गरेर खाल्डा पर्नासाथ टाल्छन् । सामान्यतया सडक एकपटक निर्माण गरेपछि प्रत्येक पाँचपाँच वर्षमा माथिबाट कालोपत्र थप्ने काम (ओभर ले) गर्नुपर्छ ।

वर्षाले कतिपय सडक पूर्ण र कतिपय आंशिकरुपमा अवरुद्ध छन् । त्यसमा कतिपय एकातर्फबाट र कतिपय पूर्ण सञ्चालनमा आइसकेको छ । गएको वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष देशभरका सडकका चाप बढिरहेका सडक खण्ड पटक पटक अवरुद्ध भएका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution