Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना

प्रत्यूष ३४४ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ८, शनिबार (३ साल अघि)
यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना

यती एअरलाइन्सले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।

‘यतीमा मंगलमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ योजना अन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुहरूलाई ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो।

यात्रुले बम्पर उपहारको साथसाथै हात खाली नजाने उपहार स्वरुप दराज, भोज डिल्स र नमस्ते पे को डिस्काउन्ट भौचरका साथै हरेक हप्ता एकरएक जनालाई निःशुल्क फ्रि माउन्टेन फ्लाईट र रिटर्न टिकट प्राप्त गर्न सक्ने एअरलाइन्सले जनाएको छ।

घटस्थापनाको दिनदेखि लागू हुने यस दसैं, तिहार र छठ योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रयोजन यमाहा, दोस्रो पुरस्कार श्री बालाजी डायमण्ड (एसबिडी) र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको हो।

त्यस्तै, हात खाली नजाने उपहारहरुको प्रायोजन भने दराज, भोज डिल्स, नमस्ते पे र यती एअरलाइन्सले गरेको छ।

असोज १० गतेदेखि कात्तिक २५ गतेसम्म चल्ने यो योजनाअन्तर्गत अग्रीम टिकट बुकिङ गरी सोही समयाधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई यो योजना लागू हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

तीन वटा बम्पर उपहारहरू जित्नको लागि तोकिएको समावधिभित्र यती एअरलाइन्ससँग यात्रा गर्नुपर्ने छ।

कम्पनीका अनुसार हात खाली नजाने उपहारको लागि यती यात्रुले विमानस्थलमा ‘चेक–ईन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको ‘क्युआर कोड’ स्क्यान गर्नुपर्ने छ।

त्यस्तै, हरेक हप्ता ‘फ्रि रिटर्न टिकट’ जित्नको लागि सोही कुपनको फोटो खिची यती एअरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्ने छ भने ‘फ्रि माउन्टेन फ्लाईट’ टिकटको लागि एअरलाइन्सले हप्तै पिच्छे ‘लक्की ड्र’गर्ने बताइएको छ।

यात्रुले एकपटक यात्रा गर्दा नै २/३ वटा पुरस्कार जित्न सक्ने सम्भावना रहेको छ।

दसैं र तिहारको समयमा साथीभाईसँगको कुराकानीलाई अझ रमाइलो बनाउनका लागि यती एअरलाइन्सले भाइबरसँगको सहकार्यमा ‘यतीको उडान’नामक भाइबर स्टिकर पनि सार्वजनिक गरेको छ।

सो भाइबर स्टिकरहरू डाउनलोड लिंक मार्फत् गर्न सकिन्छ।

साथै सो लिंक डाउनलोड गरी हप्तैपिच्छे ‘फ्रि टिकट’ जित्न सकिने एअरलाइन्सले जनाएको छ।

नेपालीहरूको महान् चाडमा यती एअरलाइन्ससँग आरामदायी यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून भन्ने उद्देश्य रहेको एअरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारी दिए।

असोज १० देखि कात्तिक २५ सम्म उडान गरेका टिकट नम्बरलाई गोलाप्रथामार्फत् प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने र सो को नतिजा एअरलाइन्सको फेसबुक पेजमार्फत् सार्वजनिक गरिने बताइएको छ।

साथै, साप्ताहिक पुरस्कारहरूको बिजेता घोषणा सोसल मिडियामा पोस्ट हुने पनि बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution