Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा रघु परियार

प्रत्यूष ११४४ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ४, मंगलबार (४ साल अघि)
समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा रघु परियार

काठमाडौँ,०४ असोज ।

नेपाली फिल्मका निर्माता तथा राजनीतिज्ञ रघु परियार नेपाली जनता दलको तर्फबाट समानुपातिक बन्दसूचीको नम्बर १ मा परेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली जनता दलले सोमबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम पहिलो नम्बरमा रहेको छ ।

अन्तर्राष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम पहिलो स्थानमा सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधिसभा २७५ सांसद रहनेछन् । जसमा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

नेपाली जनता दलका वरिष्ठ उपाध्यक्षसमेत रहेका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रुपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रुपमा समानुपातिक तर्फको बन्दसूचीमा १ नम्बरमा राखिएको छ’, उनले भने ।

निर्माता रघुले केही दिनअघि मात्र बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गरेका छन् । पुस्करसँग उनको नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

फिल्मलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी , कविता नेपाली लगायतको अभिनय रहनेछ । फिल्म आउँदो अक्टोबरमा छायांकन हुने तयारी गरिँदैछ । रघुले पहिलो फिल्म ‘वीरांगना’ निर्माण गरेका थिए ।

Avatar

 

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

  • Post Thumbnail

    रामलीला मञ्चनमा युवा पुस्ताको साथ खोजिँदै

  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    Post Thumbnail

    रामलीला मञ्चनमा युवा पुस्ताको साथ खोजिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution