Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चेपाङ, बोटे र वनकारियालाई निवास निर्माण हुने

प्रत्यूष ४७३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ३, सोमबार (३ साल अघि)
चेपाङ, बोटे र वनकारियालाई निवास निर्माण हुने

धादिङ,०३ असोज ।
बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकारिया जातिलाई रु १० करोडको लागतमा पक्की घर निर्माण हुनेभएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर चितवन तथा धादिङका उनीहरुका लागि दुई सय ५० पक्की घर निर्माण हुने जनाइएको छ ।

उक्त समुदायको दुई सय ५० घर निर्माणका लागि सङ्घीय सरकारको रु पाँच करोड तथा बागमती प्रदेश सरकारको रु पाँच करोडको लागतमा सो घर निर्माण हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधर विकास राज्यमन्त्री शन्तबहादुर प्रजाका अनुसार २४ घरधुरी रहेको वनकारिया समुदायलाई २४ घर, बोटे जातिलाई ५० घर तथा चेपाङलाई एक सय ७६ घर निर्माण गरिने जानकारी दिइएको छ ।

एउटा घर निमार्णका लागि रु चार लाख उपलब्ध गराइने बताइएको छ । त्यसका लागि बागमती प्रदेश सरकारको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी रु १० करोड बजेट विनियोजन भएको छ । सम्बन्धित समुदायको सामाजिक, सांस्कृतिक तथा मूल्यमान्यता सुहाउँदो किसिमले आवासको नक्सा भौतिक पूर्वाधार मन्त्रालयले नै गर्ने राज्यमन्त्री प्रजाले बताउनुभयो ।

पहिरो र सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, एलानी जग्गामा घर भएकालाई प्राथमिकतामा राखेर घर निर्माण हुनेछ । साथै जग्गा नभएकालाई जग्गा उपलब्ध गराएर एकीकृत बस्ती निर्माण गरिनेछ भने जग्गा भएका तर आवासको समस्या भएकालाई सम्बन्धित जग्गा भएको स्थानमा घर निर्माण हुने उहाँको भनाइ छ ।

एकीकृत बस्ती निर्माण भएको ठाउँका लागि आवश्यक पर्ने पूर्वाधार सडक, बिजुली, खानेपानी, ढल र खुल्ला क्षेत्रलगायत निर्माण कार्य बागमती प्रदेश सरकारबाट हुने सो मन्त्रालयले जनाएको छ । आगामी वर्षको कार्यक्रममा गरिब, विपन्न सिमान्तकृत तथा लोपोन्मुखलगायत थप जातजातिका लागि घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

सो कार्यका लागि चेपाङ, वनकारिया, माझी, थामी, मुसहर, बोटे र हायुका लागि एकीकृत बस्ती तथा आवास मिर्माणसम्बन्धी कार्यविधि २०७९ तयार पारिएको राज्यमन्त्री प्रजाले बताउनुभयो । नेपाल सरकारले चेपाङ र बोटे जातिलाई अतिसिमान्तकृत र वनकारियालाई लोपोन्मुख जातिको रुपमा सूचिकृत गरेको छ । उक्त जातिका लागि बागमती प्रदेश सरकारले घर निर्माण गरी हस्तान्तरण गरेका घर १० वर्षसम्म बिक्री गर्न नपाउने सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बेनिघाट रोराङ्ग गाउँपालिका सम्बन्धि थप
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

  • ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution