Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाँच महिनामा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, ९६ करोड क्षति

प्रत्यूष ३२१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २, आईतबार (३ साल अघि)
पाँच महिनामा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, ९६ करोड क्षति

काठमाडौँ,०२ असोज ।

पछिल्लो पाँच महिनामा विपद्का घटनामा परी देशभर २०३ जनाको मृत्यु भएको छ । सोही अवधिमा विपद्का घटनाले ९६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको हो ।

सो अवधिमा रेकर्डमा आएका १ हजार ७०९ वटा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, १७ जना बेपत्ता र ४८८ जना घाइते भएका छन् । यस वर्ष विपद्का घटनाबाट २ हजार १८५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी घटना आगलागीका 

प्राधिकरणका अनुसार बितेको पाँच महिनामा विपद्मध्ये सबैभन्दा बढी आगलागीका घटना रेकर्ड भएका छन् ।

उक्त अवधिमा ८३३ वटा आगालगीका घटना भएका थिए । यस्तै पहिरोका २२८, बाढीका ३७, डुंगा दुर्घटना ३, चट्याङ्का २ सय, सर्पदंश २१, भारीवर्षाका १०६, हुरी बतासका ९५, भूकम्पका ५, जनावर आक्रमणका १२८ र वन डढेंलोका ५३ घटना यस वर्ष रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।

चट्याङबाट सबैभन्दा बढीको मृत्यु 

यसवर्ष विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । हालसम्म चट्याङ लागेर ६६ जनाको मृत्यु भइसकेको छ ।प्राधिकरणका अनुसार यसवर्ष पहिरोमा परी ५० जना, बाढीमा परी १३, डुंगा दुर्घटनामा १, सर्पको टोकाइबाट १७ र आगलागीका घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

यस्तै भारी वर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणका परी २० र वन डढेंलोमा परी १ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । यस वर्ष पहिरोमा परी ५ जना, बाढीमा परी ११ र डुंगा दुर्घटनामा १ जना गरी कुल १७ जना बेपत्ता भएका छन् ।

आगलागीका घटनाबाट सबैभन्दा बढी आर्थिक क्षति 

पछिल्लो पाँच महिनामा विपद्का घटनाबाट ९६ करोड १४ लाख १७ हजार ४३५ रुपैयाँ बराबरको आर्थिक क्षति राज्यले व्यहोरेको छ । सो अवधिमा सबैभन्दा बढी क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको पाँच महिनामा ८१ करोड ३८ लाख १७ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

प्राधिकरणका अनुसार उक्त समयमा पहिरोले ६ करोड ७९ लाख ५१ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३३ लाख ३२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ५ लाख ७० हजार १७५ रुपैयाँ, हुरी बतासबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पबाट ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३८ लाख ७७ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बारबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्षको तुलनामा कम क्षति 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाले कम जनधनको क्षति गरेको छ । अघिल्लो वर्ष अर्थात २०७८ वैशाख १ गतेदेखि भदौ मसान्तसम्मको पाँच महिनाको अवधिमा देशभर १ हजार ७९६ वटा विपद्का घटना रेकर्ड भएका थिए ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार ती घटनामा गत वर्ष २४८ जनाको मृत्यु, ४३ जना बेपत्ता र ४८८ जना घाइत भएका थिए । सो अवधिमा २ हजार ४०२ परिवार विपद्का घटनाबाट प्रभावित भएका थिए । गत वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाबाट १ अर्ब १ करोड ८ लाख ८८ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution