Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान

प्रत्यूष ६४५ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १, शनिबार (३ साल अघि)
जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो । यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए ।

यो विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान जजिराले जेठ२  बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो । जजिरा एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान गर्दै आएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्देै आएको छ । जजिराको एयर बस ३२० नीओ विमानले हाल सम्म हालसम्मे कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ । जसबाट कुल ६ हजार ५ सय ८७ यात्रु आएका छन् भने कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

आउँदो कात्तिक १३ गतेदेखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान संचालन गर्दैछ, हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि हप्तामा तीन वटा हवाई उडान सञ्चालन गर्नेगरी टिकट काट्ने अनुमति पाइसकेको छ ।

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थल भएकोले र अन्तराष्ट्रिय क्षेत्रमा नयाँ विमानस्थलको रुपमा रहेको विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डययन प्राधिकरणले विभिन्न छुट दिँदै आएको छ । नारायणी वारीका यात्रुहरु काठमाण्डौ पुग्नु नपर्नेगरी जजिराले कुवेतको हवाइ यात्रा भैरहवाबाट सुरुवात गरेको हो । विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाण्डौंको विकल्प रुपमा बनेको विमान स्थलमा काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्छन । काठमाण्डौभन्दा बढि अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने अपेक्षा प्राधिकरणको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

  • ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

  • राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution