Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा साउनयता २७७ जना डेंगु संक्रमित, सबैभन्दा बढी नीलकण्ठमा

प्रत्यूष ११२० पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३१, शुक्रबार (४ साल अघि)
धादिङमा साउनयता २७७ जना डेंगु संक्रमित, सबैभन्दा बढी नीलकण्ठमा

धादिङ,३१ भाद्र ।
धादिङमा डेंगु जोखिम दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार अहिलेसम्म २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। गत साउन १ देखी आज शुक्रबारसम्मको विवरण अनुसार जिल्लाका १५५ जना पुरुष र १२२ महिला गरी कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

धादिङमा हाल ३ स्थानबाट डेङ्गुको परिक्षण हुदैँ आएको स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले बताउनुभयो । धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको घिमिरेले बताउनुभयो ।

नीलकण्ठमा १४३, गजुरीमा ३३ र त्रिपुरासुन्दरीमा २१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कुल संक्रमित मध्ये ६९ जनाको ठेगाना खुलेको छैन ।स्वास्थ्य कार्यालयले संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। डेँगु रोगको नियन्त्रण तथा रोकथामको लागि शुक्रबार बरिष्ठ जनस्वास्थ्य प्रशासक घिमिरेको अध्यक्षतामा बसेको आर.आर.टिको बैठकले बिभिन्न निर्णय गरेको छ ।

बैठकले संक्रमण तिव्र रुपमा फैलिएको,संक्रमितको अस्पतालमा भर्ना हुने दर उच्च रहेकोले परिक्षण दायरा बढाउने,सर्वसुलभ उपचारको प्रवन्ध मिलाउन स्थानिय तह ,अस्पताल , स्वास्थ्य कार्यालय र गैर सरकारी संस्थाहरुले आवश्यक पहल गर्ने, परिक्षणको लागि किटको व्यवस्थापन गर्ने लगाएतका निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय अभियान अन्तरगत असोज १ गते शनिबार बिहान ११ बजे धादिङबेशी बिचबजारबाट शुभारम्भ गर्ने, प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घर तथा कार्यालय भित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ अभियान संचालन गर्ने निर्णय गरेको छ । साथै दैनिक रुपमा परिक्षण गरिएका बिरामी संख्या र पोजेटिभ आएको बिरामीको विवरण स्वास्थ्य कार्यलयमा उपलब्ध गराउन अनुरोध पनि गरेको छ ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु :
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution