Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दलहरु सकारात्मक बनुन् ।(सम्पादकीय)

प्रत्यूष ३०७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (२ साल अघि)
दलहरु सकारात्मक बनुन् ।(सम्पादकीय)

धादिङ,२३ भाद्र।

अधिकाँश राजनीतिक दलहरुले प्रदेश सभा तथा राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचनको लागि आ आफ्नो राजनीतिक दलको तर्फबाट प्रतिनिधि छनौटको काम गरिरहेका छन् ।

प्रदेश तथा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि योग्य रहेको भन्दै धेरै सदस्यहरुको आकांक्षा बढेका कारण राजनीतिक दललाई पनि को कसलाई प्रतिनिधि बनाउने वा निर्वाचनमा भाग लिन पठाउने भन्ने कुरा सबैजसो राजनीतिक दलहरुको लागि अफ्ठ्यारो विषय बनेको छ । एउटा व्यक्तिलाई निर्वाचनको टिकट दिँदा अर्को रिसाउला भन्ने अफ्ठ्यारा भएका कारण निर्णयमा सजिलो छैन।

पछिल्लो समय पुराना सांसदहरुलाई नउठाउन र नयाँ अनुहारलाई चान्स दिन सबैजसो राजनीतिक दलमा आवाज उठिरहेको छ । योग्यता क्षमता र नयाँलाई आधार बनाएर प्रतिनिधि तथा प्रदेश सभामा सदस्य उम्मेद्वार उठ्नु एउटा सामान्य विषय पनि हो ।

आजसम्मको इतिहास हेर्न हेर्ने हो भने दलहरुमा पुराना नेतृत्वले मात्र अबसर पाउने भएका कारण बुढा उमेरकाहरु प्रायजसो निर्वाचित हुने गरेको पाइन्छ जसका कारण नागरिकले सोचेजसरी विकास, भिजन वा अन्य काममा समय दिन नसक्नु स्वभाविक हुने भन्दै आलोचना समेत हुने गरेको पाइन्छ । दलहरु भित्र वा बाहिर रहेका आम नागरिकहरुको आशा जसरी दलहरुले काम गर्न सके आगामी दिन उक्त दल युवाहरुको आशाको केन्द्र बन्न सक्ने देखिन्छ ।

अहिले दलहरुप्रति युवाहरुले देखाएको निरासालाई केही हल गर्ने सन्दर्भमा दलका नेताबाट कत्ति ध्यान दिइएको पाइदैन । अन्य प्रतिस्पर्धी दल भन्दा हामी ठीक छौं भन्न पनि केही दलबाट यो अभियान सुरु गर्नु जरुरी छ ।

अहिले निर्वाचनमा भाग लिन तयारी भैरहेको भन्दै विभिन्न व्यक्तिहरुबाट आफ्नो नाम स्वघोषणा गरिरहेको पाउन सकिन्छ । सामाजिक संजालहरुबाट विशेष गरी यस्ता कामहरु भैरहेको पाउन सकिन्छ यस्का साथसाथै युवाहरुले पनि आफूहरु साथ दिन तयार रहेको भन्दै बधाई ज्ञापन गर्ने लगायतका कामहरु गरिरहेका छन् ।

यसले एउटा दल होस् या दलमा आवद्धता नलिएकाहरु हुन् सबैले निष्पक्ष काम गर्ने वा स्वतन्त्र रुपमा चल्ने र कोही कसैको लहैलहैमा नलाग्ने खालको जनप्रतिनिधि खोजेका छन् । अहिलेसम्म प्रतिनिधि भएकाहरुले केही न केही स्वार्थमा आफ्नो पदलाई जोड्ने गरेका कारण यस्तो खालको प्रतिक्रिया आईरहेको अनुमान गर्न सकिन्छ ।

यसकारण पनि अबका दिनमा सेवामुलक काममा आफ्नो समय दिन सक्ने, आर्थिक समस्या नरहेका र नागरिकको भावना बुझ्ने र संसददेखी केन्द्रीय स्तरमा हुने सबै खालका गतिविधिमा आफ्नो गाउँ ठाउँ वा जिल्लाको समस्याको उजागर तथा समाधान गर्न सक्षम युवा नेतृत्व छान्न सफल होउन् अन्यथा यसअघि देखिएको स्वतन्त्र उम्मेद्वारहरुको जस्ता फरक खालको माहोल वन्न धेरै समय नलाग्न सक्छ ।

देशैभरी पहुँच पु¥याउन राष्ट्रिय स्तरका दलहरुबाट मात्र सम्भव भैरहेको यो अवस्थामा दलहरुले यसतर्फ सचेतनापूर्वक ध्यान देउन् यसले आगामी दिनमा समेत उनीहरुको गतिविधिलाई सकारात्मक रुपमा हेर्ने वातावरण तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • सप्तकोशीमा डल्फिन गणना

    सप्तकोशीमा डल्फिन गणना

  • प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

    प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ८ गते आईतबार

    २०८२ भाद्र ८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक आकर्षित गर्न ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव

    पर्यटक आकर्षित गर्न ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव

    सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    लेखर्कका सुत्केरीलाई घ्यू वितरण

    लेखर्कका सुत्केरीलाई घ्यू वितरण

    पाँच वर्षदेखि पुल अधुरै

    पाँच वर्षदेखि पुल अधुरै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution