Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

डेङ्गु परीक्षणमा मनपरी शुल्क

प्रत्यूष २७४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)
डेङ्गु परीक्षणमा मनपरी शुल्क

डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन्। सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ। सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको छ।

सबैभन्दा सस्तो मानिने सरकारी प्रयोगशालाले पनि बढी शुल्क लिने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गु परीक्षणको शुल्क आठ सय रुपियाँ लिने गरेको छ। वीर अस्पताल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपियाँ लिन्छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तरका आधारमा बढी शुल्क लिएको दाबी गरेको छ। प्रयोगशालाका निर्देशक डा. रुना झाले पहिलेदेखि नै आठ सय रुपियाँ लिने गरेको भन्दै महँगो वा सस्तोभन्दा पनि गुणस्तर हेरिनुपर्ने दाबी गरिन् । डा. झाले भनिन्, “हामीकहाँ डेङ्गु परीक्षण गर्ने किट गुणस्तर र महँगो हुने भएकाले बढी शुल्क लिएका हौँ।”

प्रयोगशालाकै एक कर्मचारी भने डेङ्गु परीक्षण चार सय रुपियाँमै गर्न सकिने बताउँछिन् । “चार सय रुपियाँमा गर्दा पनि प्रयोगशालालाई घाटा हुँदैन,” नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भनिन्, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय शुल्क लिनु धेरै महँगो हो।” एउटै प्राङ्गणभित्र टेकु अस्पतालमा भने पाँच सय लिने गरेको छ। टेकु अस्पतालभन्दा पनि सस्तो होला भनेर आउने सेवाग्राही जनस्वास्थ्य प्रयोगशालाबाट ठगिएका छन्।

कतिपय सरकारी अस्पतालले आफूखुसी डेङ्गु परीक्षण गर्दा दोहोरो शुल्क लिने गरेका छन्। टेकु र वीरमा पाँच सय शुल्क तोकिए पनि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पतालले छुट्टाछुट्टै शुल्क लिन्छन्। बानेश्वरस्थित निजामती अस्पतालले डेङ्गु परीक्षण शुल्क आठ सय रुपियाँ लिने गरेको अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले बताए ।

त्रिवि शिक्षण अस्पतालमा भने डेङ्गु परीक्षणको फरक–फरक शुल्क लाग्ने गरेको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार शिक्षण अस्पतालमा सामान्य ओपीडीमार्फत आउने सेवाग्राहीलाई डेङ्गु परीक्षणको शुल्क ९६० लिने गरेको छ।  प्राइभेट क्लिनिक (चार बजेपछि आउने बिरामी)का हकमा एक हजार दुई सय लिने गरेको उनले जानकारी दिए ।

भक्तपुर अस्पतालले पनि दुई किसिमको शुल्क लिने गरेको छ। भक्तपुर अस्पतालले आकस्मिक बिरामीको हकमा ७५० र ओपीडीमा आउने बिरामीको शुल्क छ सय रुपियाँ लिने गरेको छ।  निजी प्रयोगशालातर्फ भने ल्याबले एक हजार दुई सय, क्रिस्टल डाइग्नोस्टिक सेन्टरले एक हजार आठ सय, भरोसा अस्पतालले दुई हजार चार सय, डिकोडले एक हजार पाँच सय र नर्भिक अस्पतालले एक हजार दुई सय रुपियाँ लिने गरेका छन्। – गाेरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

  • अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

  • त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution