Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पत्रकार महासंघले सरकारलाई दियो चेतवानी

प्रत्यूष २९१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (३ साल अघि)
पत्रकार महासंघले सरकारलाई दियो चेतवानी

काठमाडौँ,१९ भाद्र ।

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुनेगरी मिडिया काउन्सिल विधेयक अगाडि बढाए त्यसविरुद्ध  आन्दोलन गर्ने चेतावनी दिएको छ ।  महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त चेतावनी दिएको हो ।

२०७६ साल माघ २३ गते राष्ट्रिय सभाले पारित गरेर हालसम्म अलपत्र अवस्थामा रहेको ‘मिडिया काउन्सिल विधेयक’ यही भाद्र १७ गते शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको छ । राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको उक्त विधेयकमा रहेका कतिपय प्रावधानहरूप्रति गम्भीर चासो र बिमति रहँदै आएको महासंघले जनाएको छ ।

उक्त विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्चाउन महासंघ सडक संघर्षमा उत्रेको स्मरण विज्ञप्तिमा गरिएको छ ।  महासंघको दबाबकै कारण राष्ट्रिय सभाबाट विधेयकमा रहेका समाचार लेखेकै कारण पत्रकारहरूलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्ने, सरकारले नियुक्त गरेका व्यक्तिले पत्रकारको परीक्षा लिएर पत्रकारिता गर्न अनुमति दिनेलगायतका कैयांै प्रेस स्वतन्त्रताविरोधी प्रावधानलाई सच्चाइएको थियो ।

‘तर, अझै पनि विधेयकमा रहेका कतिपय व्यवस्थाहरू प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेकाले यसप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघले विज्ञप्तिमा भनेको छ ।

आमसञ्चार नीति २०७३ को मर्मअनुसार मिडिया काउन्सिलको गठन सम्बन्धी व्यवस्था गरिनुपर्नेमा विधेयकमा काउन्सिलको स्वायत्ततालाई कमजोर बनाउने तथा सरकारको नियन्त्रण कायमै राख्ने प्रावधान यथावत रहेकोमा महासंघले आपत्ति जनाएको छ । संसदमा सांसदहरूको छलफल र संसोधन प्रस्तावहरूले महासंघले उठाएका सवालहरूलाई सम्बोधन गरी प्रतिनिधिसभाले यसलाई पूर्णता दिनेमा महासंघ विश्वस्त रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुनेगरी तथा स्वायत्त नियामक निकायका रूपमा परिकल्पना गरिएको मिडिया काउन्सिल विधेयकलाई कमजोर बनाउने गरी अगाडि बढाइए त्यसविरुद्ध  महासंघ आन्दोलनमा जान बाध्य हुनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution