Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

साउदीमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न थप कर्मचारी खटाइने

प्रत्यूष ३१७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १७, शुक्रबार (३ साल अघि)
साउदीमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न थप कर्मचारी खटाइने

काठमाडौँ,१७ भाद्र ।

साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

साउदीमा रहेका नेपाली कामदारको संख्या मध्ये पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासामा मात्रै झण्डै आधाजसो नेपाली कामदारहरू रहेका छन् ।

‘तसर्थ, आगामी १ कार्तिक २०७९ देखि साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानको लागि थप एकजना कर्मचारी खटाइने व्यहोरा जानकारी गराइन्छ ।  कार्तिक १ गते उप्रान्त पूर्वी क्षेत्रमा दूतावासका २ जना कर्मचारीहरू रहनेछन्,’ दूतावासले जनाएको छ ।

सोपश्चात् पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा दूतावासले गरेको छ । पूर्वी क्षेत्रमा रहेको नेपाली कामदारहरूको संख्या र समस्यालाई मध्यनजर गरेर दूतावासले पूर्वी क्षेत्रको लागि विगत लामोअवधि देखि छुट्टै एकजना कर्मचारी खटाउँदै आएको थियो ।

पूर्वी क्षेत्रमा अर्को एकजना कर्मचारी व्यवस्था गर्नका लागि राजदूतावासले धेरै अघिदेखि प्रयास गरिरहेको थियो । परिणामस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट दूतावासको लागि थप एकजना कर्मचारीको व्यवस्था गर्ने भएपछि दूतावासले उक्त घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution