Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

क्वारेन्टिन कार्यालयको जॉचबिना नै अनुमतिपत्र

प्रत्यूष २९४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १७, शुक्रबार (३ साल अघि)
क्वारेन्टिन कार्यालयको जॉचबिना नै अनुमतिपत्र

काठमाडौँ,१७ भाद्र ।
विभिन्न देशबाट वीरगञ्ज नाका हँुदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना नै बिना नमूना परीक्षण प्रवेश अनुमतिपत्र जारी हुँदै आएको छ ।

खाद्यान्न तथा कृषजन्य वस्तु आयात हुँदा प्रवेशअगावै नाकामा उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षणका लागि वीरगञ्जना कामा क्वारेन्टिन कार्यालय सञ्चालनमा छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश खाद्यान्न तथा कृषिजन्य सामग्रीमा नमूना सङ्कलन गरी जॉचबिना नै प्रवेश अनुमतिपत्र जारी हँुदै आएको पाइएको छ ।

कुनै पनि खाद्यान्न तथा कृषिजन्य वस्तु नेपाल आयात हुनुपुर्व नै क्वारेन्टिन कार्यालयको विज्ञ टोलीबाट उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षण गरेर खान उपयुक्त हुने भएमात्र कार्यालयले नेपाल प्रवेश अनुमतिपत्र जारी गर्नुपर्ने प्रावधान छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश नमूना परीक्षणबिना नै नेपाल प्रवेश गर्न अनुमतिपत्र जारी हँुदै आएको हो ।

क्वारेन्टिन कार्यालयमा हाल दरबन्दी अनुसार कर्मचारी नहँुदा कहिलेकाहीँ सबै नमूना सङ्कलन गरी चेकजॉच गर्न नभ्याइने अवस्था रहँदै आएको कार्यालय प्रमुख एवं वरिष्ठ बाली संरक्षण अधिकृत कफिल अहमदले बताउनुभयो । वीरगञ्जमा क्वारेन्टिनसहित दुई सम्पर्क कार्यालयसमेत छन् । वीरगञ्जस्थित सुक्खा बन्दरगाह क्वारेन्टिन सम्पर्क कार्यालय र वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी ९आइसपी० क्वारेन्टिन सम्पर्क कार्यालय यहाँ छन् ।

हाल वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँच चौकी आइसपी क्वारेन्टिन सम्पर्क कार्यालय बन्द छ । कर्मचारी अभावमा हाल वीरगञ्जस्थित क्वारेन्टिनबाटै वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी क्वारेन्टिन सम्पर्क कार्यालयको कामसमेत सञ्चालन हुँदै आएको हो । आवश्यक जनशक्ति अभावमा काम गर्न समस्या हँुदै आएको अहमदले बताउनुभयो । नौ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल पाँचमात्र कार्यरत छन् ।

डेढ करोडको चकलेट र कपडा बरामद

वडा प्रहरी कार्यालय बिर्ताले रु एक करोड ५० लाख बराबरको चकलेट र कपडा बरामद गरेको छ । प्रहरीले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी सामग्री बोकेका दुई ट्रक नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डबाट ना ५ख ६९५९ नंको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडासमेत फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाइएको छ ।

यसैगरी पर्सा प्रहरीले भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी चकलेट बोकेको बिपी १३ बिए ०२४७ नंको भारतीय ट्रकलाई परवानीपुरबाट नियन्त्रणमा लिएको छ । सो ट्रक र चकलेटसहित रु ५० लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution