धादिङ,१३ भाद्र ।
धादिङको नीलकण्ठ नगरपालिका–३ मा धादिङबेशी सह–लगानी खानेपानी आयोजनाको शिलान्यास गरीएको छ । सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले आयोजनाको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुंगानाले नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताउनुभयो । नीलकण्ठ नगरपालिकालाई समृद्ध बनाउनको लागि ठूला ठूला आयोजनाहरु ल्याउने प्रक्रियामा रहेको भन्दै सबैको सहयोग आवश्यकता रहेको बताउनुभयो । ढुङ्गानाले तोकिएकै समयमा गुणस्तरीय ढङ्गले योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिदैं प्राविधिक र उपभोक्ता समितिलाई सहजीकरण र गुणस्तर कायममा अनुगमन गर्न समेत आग्रह गर्नुभएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र नीलकण्ठ नगरपालिकाको संयुक्त लगानी २९ करोड ४० लाख ३० रुपैँयाको लागतमा ५ हजार १६४ निजी धारा बन्ने नगरपालिकाले जनाएको छ । यस आयोजनाबाट नीलकण्ठ नगरपालिका वडा नं २, ३, ४ र १२ का २५ हजार ६ सय २८ सेवाग्राही लाभान्वित हुने छन् । सो कामका लागि योजना निर्माणको जिम्मा सगुन कन्सट्रक्सन बुटवलले २०८१ जेठ १२ भित्रमा सक्ने गरी अगाडि बढाएको छ ।
उक्त अयोजनाको सम्झौता २०७९ साल साउन १३ मा भएका थियो । आयोजनाको ठेक्का अनुसार काम भए नभएको अनुगमन गर्न नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ(गोर्खाली) जिम्मा दिइएको नगरपालिले जनाएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मेयर ढुंगानाको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिकाका कार्यपालिका सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |