काठमाडौँ,१३ भाद्र ।
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्धामा ७ दिन भित्र लिखित जवाफ दिन आदेश जारी गरेको छ ।
मेयर शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै कारण सहितको लिखित जवाफ माग गरेको सर्वोच्च अदातलका प्रवक्ता विमल पौडेलले बताउनु भएको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
नर्भिक अस्पतालको संरचना भत्काउने महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम कालका लागि रोक लगाएपछि मेयर शाहले संविधान संशोधन गरेर नक्सा पासको अधिकार अदालतलाई दिऔं भन्दै प्रतिक्रिया दिनुभएको थियो ।
मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा अदालतको अवहेलनाअन्तर्गत मेयर शाहलाई कारबाही गर्न माग गर्दै निवेदन दिनुभएको हो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |