Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्र बैंकको मार्गदर्शनका सम्बन्धमा छलफल

प्रत्यूष ३६५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार (३ साल अघि)
राष्ट्र बैंकको मार्गदर्शनका सम्बन्धमा छलफल

काठमाडौँ,१३ भाद्र ।
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का सम्बन्धमा उद्योग सङ्गठन मोरङले आज एक अन्तक्रिया सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा सो मार्गदर्शन जारी गरेको हो ।

अन्तक्र्रियामा सङ्गठनका अध्यक्ष सूयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताका विषयलाई सुक्ष्म निगरानी राखी पुँजी पलायन गर्नेलाई कारवाहीको दायरा ल्याउनु सान्दर्भिक भए पनि उत्पादनमूलक क्षेत्रको हकमा कुनै पनि किसिमको चालू पुँजी कर्जाको सीमा तोकिँदा उत्पादनमूलक उद्योगको सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चाहिने कच्चापदार्थ खरिद गरी भण्डारण गर्ने प्रकृतिका उद्योगलाई कर्जा सीमा तोकिएमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउँदै उहाँले कच्चा पदार्थ आयात गर्ने उद्योगका हकमा वस्तु उत्पादन, भण्डारण, बिक्री र बजारबाट पैसा आउन करिब छ महिना चालू पुँजी होल्ड हुने भएकाले यो मार्गदर्शनको कार्यान्वयनबाट उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ हुने हो कि भन्ने आशङ्का रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका निर्देशक मीना पाण्डेले कुनै पनि नीति सार्वजनिक गर्दा त्यसको पृष्ठपोषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान मार्गदर्शन कुनै प्रकारको अप्ठ्यारा सिर्जना नहुने स्पष्ट पार्नुभयो । उहाँले नीति परिवर्तन हुँदा के हुने हो भन्ने डर सिर्जना हुनु स्वभाविक भएको बताउँदै राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ ले दीर्घकालीन कर्जा प्रवाहलाई सहज र पारदर्शी बनाई सबै क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो ।

नेपाल बैंकर्स एशोसिएसन प्रदेश नं १ का अध्यक्ष विवेक निरौलाले इजाजतपत्र प्राप्त संस्थाले उद्यम व्यवसायको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारण उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कूल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने, वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्ने जस्ता प्रावधानले दीर्घकालीनरुपमा सकारात्मक प्रभाव पार्ने भएकाले उद्योगी/व्यवसायी आतिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमममा सङ्गठनका पूर्वध्यक्ष शिवशङ्कर अग्रवाल, एशोसिएसन अफ चार्टर्ड एकाउन्टस अफ नेपाल (एक्यान) का प्रदेश अध्यक्ष मनोज अधिकारी, सङ्गठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सञ्जय अग्रवाल, तारानाथ निरौला, सुदीप घिमिरे, उद्योगी/व्यवसायी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

  • बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • प्रत्यूष ई-पेपर थप

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution