Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नलाङ मोडेल एकेडेमीमा शैक्षिक तालिम सकियो,समय सापेक्ष शिक्षामा परिवर्तन आवश्यक : मन्त्री जम्कट्टेल(अडियो सहित)

प्रत्यूष ५२५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १०, शुक्रबार (३ साल अघि)
नलाङ मोडेल एकेडेमीमा शैक्षिक तालिम सकियो,समय सापेक्ष शिक्षामा परिवर्तन आवश्यक : मन्त्री जम्कट्टेल(अडियो सहित)

धादिङ,१० भाद्र।
धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ स्थित नलाङ मोडेल एकेडेमीमा ४ दिने शैक्षिक तालिम सकिएको छ । शिक्षण सिकाई क्रियाकलापलाई थप प्रोत्साहन गर्न, ग्रामिण स्तरमा शिक्षालाई थप प्रभावकारी बनाउन र शैक्षिक प्रविधि तथा सिकाई विधिमा रुपान्तरण गर्ने उद्धेश्यले मंगलबारदेखी सुरु भएको शैक्षिक तालिमको आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

No description available.

नेपालका लागि इजरायली राजदुत खनान गोदारको अध्यक्ष्यतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, मसाभ एजुकेसनल तालिम केन्द्रका प्रमुख एवं तालिमका प्रशिक्षक युदिथ रोसेन्थल, शिक्षा विकास तथा समन्वय ईकाईका कृष्ण कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जम्कट्टेलले विकासको निम्ति अगाडि बढेको भन्दै शिक्षा क्षेत्रलाई समय सापेक्ष विज्ञान र प्रविधिले गरेको विकासमा आधारित बनाएर लानु पर्ने बताउनुभयो । उहाँले हिजोको परम्परावादी शिक्षा, पढाइले स्वाभाविक ढङ्गले अबको विकासलाई समात्न नसक्ने भन्दै यस्ता तालिमहरुले ठुलो सहयोग गर्ने र नलाङ मोडेल एकेडेमीमा यो व्यवस्था भएको बताउनुभयो ।

No description available.

यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्न आग्रह गर्दै उहाँले आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फरक प्रसंगमा उहाँले आफु निर्वाचित भएर गइसकेपछि सिद्धलेकको विकासको निम्ति धेरै प्रयत्न गरेको भन्दै ५ वर्षमा गाउँपालिकाको बाटो, खानेपानी, पूर्वाधार शिक्षाको क्षेत्रमा धेरै बजेटहरु आएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल आवाज

https://dhadingsanchar.com/wp-content/uploads/2022/08/mm.mp3

यस्तै प्रजिअ लम्सालले राजदुत गोदेरसँग ईजरायलमा भएका बिभिन्न विधि प्रविधीहरु नेपालमा भित्र्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी कृषि प्रविधि र शैक्षिक कार्यका लागि राजदुत खनान गोदेरलाई पुनःधादिङमा आमन्त्रण गर्नुभएको छ ।

No description available.

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको आवाज

https://dhadingsanchar.com/wp-content/uploads/2022/08/PRAJIWA-BITE-BHADRA-10.mp3

कार्यक्रममा इजरायली राजदुत खनान गोदारले धादिङमा बिभिन्न कार्यहरुका लागि हातेमालो गर्ने बताउनुभएको छ ।

No description available.

नेपालका लागि इजरायली राजदुताबास,लाजिम्पाट काठमाण्डौको सहयोग तथा मसाभ शैक्षिक तालिम केन्द्रकी निर्देशक युदिथ रोसेन्थालको नेतृत्वमा शैक्षिक रुपान्तरण कार्यक्रम अन्तरगत संचालन गरिएको शैक्षिक तालिममा सिद्धलेकका बिभिन्न बिद्यालयको २७ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।

No description available.

तालिममा सहभागि शिक्षक–शिक्षिकाहरुलाई मन्त्री जम्कट्टेल, प्रजिअ लम्साल, राजदुत गोदेर र तालिमका प्रशिक्षक रोसेन्थलले प्रमाण पत्र वितरण गर्नुभएको नलाङबाट अर्जुन सिलवालले जानकारी दिनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution