Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारले पाए दुई अर्ब ४१ करोड सहायता

प्रत्यूष ३०४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १०, शुक्रबार (३ साल अघि)
वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारले पाए दुई अर्ब ४१ करोड सहायता

काठमाडौँ,१० भाद्र ।

बितेको चार वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई आर्थिक सहायता स्वरुप २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी प्रदान गरिएको छ ।  वैदेशिक रोजगार वोर्डका अनुसार २०७५ साउनदेखि २०७९ असार मसान्त सम्मको अवधिमा मुत्यु भएकाको परिवारलाई उक्त आर्थिक सहायता उपलब्ध गरिएको हो ।

सो चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४ हजार १५४ जनाको परिवारलाई कुल २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गरिएको वोर्डले जनाएको छ ।  उक्त अवधिमा ४ हजार ४१ जना पुरुष र ११३ जना नेपाली महिला कामदारको वैदेशिक रोजगारीका क्रममा विदेशी भूमीमा मृत्यु भएको थियो ।

बितेका चार वर्षमा विदेशमा अलपत्र परेका ५५५ जना नेपालीको शव उद्धार गरी ल्याइएको वोर्डले जनाएको छ । उद्धार गरी ल्याइएको शवमा ५३३ जना पुरुष र २२ जना महिलाको रहेको थियो । वोर्डका अनुसार शव उद्धार गरी ल्याउने क्रममा ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

विदेशमा मृत्यु भएका नेपालीको शव उनीहरुको घरसम्म पुर्याउने क्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको वोर्डले जानकारी दिएको छ । यसरी सो अवधिमा वोर्डले कुल ३ हजार ४१ वटा शवको निशुल्क ढुवानी गरेको थियो ।

वोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अंगभंग तथा गम्भिर विरामी भएकालाई बितेको चार वर्षमा ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति वापत उपलब्ध गरिएको छ । यसरी क्षतिपूर्ति पाउनेमा ९२७ जना पुरुष र ४९ जना महिला  गरी कुल ९६७ जना रहेका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरुको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गराउने कार्यमा पछिल्लो चार वर्षमा २ करोड ८१ लाख ४५ हजार रुपैयाँ खर्च भएको वोर्डले जनाएको छ । सो अवधिमा १ हजार २५९ जना पुरुष र २२९ जना महिला गरी कुल १ हजार ५५४ जनाको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गरिएको थियो ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको ८ हजार ९०१ जना छोराछोरीलाई छात्रवृत्ति सहयोग वापत ७ करोड ५३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution