Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

झण्डै ६ महिनापछि बालुवाटार पुगेका ओलीले प्रधानमन्त्री देउवालाई के-के भने ?

प्रत्यूष ९०१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार (४ साल अघि)
झण्डै ६ महिनापछि बालुवाटार पुगेका ओलीले प्रधानमन्त्री देउवालाई के-के भने ?

काठमाडौँ,०८ भाद्र ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रेहका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न विषयमा छलफल भएको छ ।

झन्डै ६ महिनापछि बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओलीले प्रधानमन्त्री देउवालाई समसामयिक राजनीतिक घटनाका विषयमा ध्यानाकर्षण गराएका छन् । भेटवार्तामा एमालेका उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेल तथा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

प्रवक्ता कार्कीका अनुसार भेटवार्तामा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष हुनुपर्ने तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयकमा प्रतिपक्षीसँग पनि छलफल गरेर अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

साथै विवादित बनेको नागरिकता विधेयकमा पनि छलफल भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् तर, सरकारले भदौ २ गते हुबहु फेरि प्रतिनिधि सभाबाट पारित गरेको छ । यसमा एमालेले सात वर्षे हदम्याद राखेर सर्वस्वीकार्य बनाउन माग राख्दै आएको थियो ।

भेटमा ओलीले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएर जनताकाे जनजिवन कष्टकर बन्दै जाँदा पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेकोमा समेत ध्यानाकर्षण गराएका छन् । यी सबै विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिएकाे र पाँच दलीय गठबन्धनमा समेत छलफल गरेर अघि बढ्ने बताएकाे प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution