Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक किलो नुनकाे ७५ रुपैयाँ

प्रत्यूष ३६६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ६, सोमबार (२ साल अघि)
एक किलो नुनकाे ७५ रुपैयाँ

मुगु,०६ भाद्र।

जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजीमार तीन वर्षदेखि सुनसान बनेको छ ।  हरेक वर्ष साउन १५ देखि अन्तिम साउनसम्म १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङ बासी निराश बनेका हुन् ।

१५ दिनका लागि अस्थायी रूपमा खोल्ने व्यापारी केन्द्रबाट यस पालिकाका स्थानीय वर्ष भरिको लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामान किनमेल गर्न त्यस क्षेत्र पुग्ने गर्थे ।

कोरोना महामारीका कारण तीन वर्ष यता उक्त व्यापारी नाका ठप्प हुँदा स्थानीय कर्मचारी, व्यापारी र सर्वसाधरण मारमा परेका मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

सुर्खेत नेपालगन्जदेखि सामान किनेर ढुवानी गर्दा बस्तुको मूल्य भन्दा ढुवानीको मुल्य चार पाँच गुणा बढी पर्ने गरेको उनको भनाइ छ । उक्त नाका अस्थायी व्यापारी नाका नखोल्दा स्थानीय महँगो पैसामा खाद्यान्न किनेर दैनिक जोहा गर्न बाध्य भएको उनले बताए ।

तीन वर्षदेखि उत्तरी व्यापारी नाका बन्द हुँदा खाद्य बस्तु, लत्ताकपडा लगायत दैनिक उपभोग्य बस्तुको जोहो गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिका २ की फुटी लामाले बताइन् । यो वर्ष पनि भदौ पहिलो साता बित्न लाग्दा पनि नाका खुल्ने नखुल्ने कुनै निश्चित नभएको उनको भनाइ छ ।

तिब्बती ब्यापारी नाकाबाट खाद्यान्न लगायतको उपभोग्य बस्तु ल्याएर हामी बाच्ने गरेको डोल्फु गाउँका ग्याल्जन लामाले बताए । नाका नखुले आफूहरूलाई परिवार पाल्न मुस्किल हुने उनले बताए ।

साउन १५ देखि मसान्त सम्म खोलिने नेपाल र तिब्बतको सिमाना ह्याजीमारामा तिब्बती व्यापारीले अस्थायी हाट बजार सञ्चालन गर्ने र उक्त हाट बजारमा मुगम कार्मारोङ गाउँपालिकाका मुगु, चितै, डोल्फु,ताखा, खारी, किम्री, रिउस, पुअ, मह मांग्री लगायत १७ वटा बस्तीबाट स्थानीय व्यापारी, सर्वसाधारण खाद्य बस्तु, नुन, तेल लत्ताकपडा किन्न उक्त नाकातिर ओइरो लाग्ने गर्थे ।

तिब्बतबाट सामान ल्याउन कसैले घोडा खच्चर, चौरी झोबा गधा लगायत माल बस्तु लिएर सामान ढुवानी गरेर ल्याउने गरेको किम्रीगाउँका जिक्टोल लामा बताउँछन् । उत्तरी व्यापारी नाका बन्द हुँदा हामीमा गरिबी समेत बढेको उनको भनाइ छ । खेत गरामा अन्नबाली समेत उत्पादन हुन छोडेको र उत्तरी व्यापारी नाका पनि तिन वर्ष यता बन्द हुँदा जीवनयापन गर्न कठिनाइ भएको उनी बत्ताउँछन् ।

२५ केजी चामलको मुगु सदरमुकाम गमगढीमा १८ सय देखि दुई हजार दुई सय सम्म पर्छ । भने मुगम कार्मारोङका विभिन्न गाउँ बस्ती सम्म पुग्दा ६ हजार सम्म पर्ने गरेको स्थानीयको भनाइछ । एक केजी नुनको सदरमुकाममा ९ रुपैयाँ पर्छ भने कार्माङमा ७५ रुपैयाँ सम्म पर्ने गरेको छ ।

सामान किनेको मुल्य भन्दा ढुवानी महँगो पर्ने भएकाले स्थानीय मर्कामा परेका छन् ।  सुर्खेत नेपालगन्जमा एक हजार दुई सयदेखि एक हजार ८ सय सम्म पर्ने चामल मुगु सदरमुकाम पुगाउन प्रति केजी १२ रुपैयाँ ढुवानी पर्ने गरेको छ

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

  • हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

  • नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

  • सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution