Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न समिति गठन गर्ने

प्रत्यूष ४६४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (३ साल अघि)
एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न समिति गठन गर्ने

काठमाडौँ,०२ भाद्र ।

एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्ने, जिल्ला कमिटीले १२ भदौभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने र प्रदेश कमिटीले १५ भदौभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने महासचिव भुसालले जानकारी दिए ।

यसपछि २० भदौमा बस्ने केन्द्रीय कमिटीले प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको नाम टुंगो लगाउने उनले बताए । समानुपातिक र पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीका लागि उम्मेदवार नाम सिफारिस गर्दा अपनाइनुपर्ने मापदण्ड बैठकले बनाएको छ।

महासचिव भुसालका अनुसार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको,  विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको,  पार्टी र क्रान्तिप्रतिको निष्टा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको,  जनतामा स्थापित एवं लोकप्रिय,  स्वच्छ छवि भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र सक्रिय  र  समावेशीताको सिद्धान्तविपरीत नहुने मापदण्ड उम्मेदवारको सिफारिसका लागि मापदण्ड बनाइएको छ ।

यसैबीच एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न ‘पार्टी एकता संयोजन समिति गठन गर्ने’ निर्णय गरेको महासचिव भुसालले जानकारी दिए ।

‘एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरु सम्मिलित एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने, जसले दुई पार्टीबिचको एकता र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायतका कायहरु गरी एकताको वातावरण निर्माण गर्नेछ,’ बैठकको निर्णयबारे जानकारी दिँदै भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

  • नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

  • तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

    तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

  • वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

    तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution