Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

८४.६६ खर्ब रेमिट्यान्स भित्रँदा १० हजार ९३२ जना नेपालीले गुमाए ज्यान

प्रत्यूष २५३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (२ साल अघि)
८४.६६ खर्ब रेमिट्यान्स भित्रँदा १० हजार ९३२ जना नेपालीले गुमाए ज्यान

 बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् ।

वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमीमा पुगेका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो । वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वोर्डले जनाएको छ । गत वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

वोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५, २०६६/६७ मा २ लाख ९४ हजार ९४, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६, २०६८/६९ मा ३ लाख ८४ हजार ६६५, २०६९/७० मा ४ लाख ५० हजार ८८९ र २०७०/७१ मा ५ लाख २७ हजार ८१९ जना वैदैशिक रोजगारीमा गएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ४ लाख ९९ हजार १०२, २०७२/७३ मा ४ लाख ३ हजार १७४, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३, २०७४/७५ मा ३ लाख ५४ हजार ८२, २०७५/७६ मा २ लाख ३६ हजार २०८, २०७६/७७ मा १ लाख ९० हजार ४५३ र २०७७/७८ मा ७२ हजार ८१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

८४.६६ खर्ब रेमिट्यान्स भित्रियो 

बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९/७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

करिव ११ हजारले गुमाए ज्यान 

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको उतै मृत्यु भएको छ । सबैभन्दा बढी नेपाली कामदारको विदेशी भूमीमा मृत्यु गत आर्थिक वर्ष २०७८/७९ भएको थियो । सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।

वोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ र २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ ।

वोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनाहरुमा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution