Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा……

प्रत्यूष ७८५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३०, सोमबार (४ साल अघि)
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा……

काठमाडौँ,३० साउन ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।

मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ । नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गतेबाट सुरु भई विसं २०१६ वैशाख २१ गते मा सम्पन्न भएको इतिहास छ ।

कूल १०९ प्रतिनिधिसभा सदस्यका लागि भएको उक्त निर्वाचनबाट एक जना महिलाको प्रतिनिधित्व रह्यो । त्यसपछि हालसम्म विभिन्न मितिमा बालिग मताधिकारका आधारमा राष्ट्रिय निर्वाचन भएका निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ । आम निर्वाचनका रुपमा पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था रोज्नका लागि भनी मुलुकमा विसं २०३७ वैशाख २० गते राष्ट्रिय जनमत सङ्ग्रह भएको थियो ।

बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा विसं २०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनका रुपमा तीन चरणमा विसं २०४३ वैशाख २९, जेठ ५ र १२ गते आमनिर्वाचन भएको हो ।

तीस वर्षे पञ्चायती व्यवस्था अन्त्य भई मुलुकमा राजनीतिक परिवर्तनका साथ प्रजातन्त्रको पुनःस्थापना भएसँगै विसं २०४८ वैशाख २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । सोही निर्वाचनसँग जोडिएर मुलुकका केही स्थानमा विसं २०४८ माघ २६ गते र विसं २०५० माघ २५ गते उपनिर्वाचन गरियो ।

नेपाली कांग्रेसको बहुमतमा रहेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिभा विघटन गरी मध्यावधिमा जाने घोषणापछि २०५१ कात्तिक २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । मुलुकको अस्थिर राजनीतिक परिस्थितिका कारण प्रतिनिधिसभा निर्वाचन घोषणा भई विसं २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनपछि मुलुकका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०५६ मङ्सिर २३ गते भएको तथ्याङ्क छ ।

नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्ष तथा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा विसं २०६४ चैत २८ गते संविधासभा सदस्य निर्वाचन भयो । सोही संविधानसभा निर्वाचनसँग जोडिएर विसं २०६५ चैत २८ गते उपनिर्वाचन भएको थियो । बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा दोस्रो संविधासभा सदस्य निर्वाचन विसं २०७० मङ्सिर ४ गते भयो भने केही स्थानमा उपनिर्वाचन विसं २०७१ असार ८ गते र चैत २८ गते भए । सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन दुई चरणमा विसं २०७४ मङ्सिर १० र २१ गते सम्पन्न भयो ।

नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएका अरु राष्ट्रियस्तरका निर्वाचनमा विसं २०७४ माघ २४ गतेको राष्ट्रियसभा सदस्य, विसं २०७४ चैत ४ गतेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई पनि लिने गरिएको छ । विसं २०७६ मङ्सिर १४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन तथा विसं २०७६ माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनलाई पनि राष्ट्रियस्तरको निर्वाचनका रुपमा हेरिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution