Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा……

प्रत्यूष ३२८ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३०, सोमबार (२ साल अघि)
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा……

काठमाडौँ,३० साउन ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।

मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ । नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गतेबाट सुरु भई विसं २०१६ वैशाख २१ गते मा सम्पन्न भएको इतिहास छ ।

कूल १०९ प्रतिनिधिसभा सदस्यका लागि भएको उक्त निर्वाचनबाट एक जना महिलाको प्रतिनिधित्व रह्यो । त्यसपछि हालसम्म विभिन्न मितिमा बालिग मताधिकारका आधारमा राष्ट्रिय निर्वाचन भएका निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ । आम निर्वाचनका रुपमा पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था रोज्नका लागि भनी मुलुकमा विसं २०३७ वैशाख २० गते राष्ट्रिय जनमत सङ्ग्रह भएको थियो ।

बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा विसं २०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनका रुपमा तीन चरणमा विसं २०४३ वैशाख २९, जेठ ५ र १२ गते आमनिर्वाचन भएको हो ।

तीस वर्षे पञ्चायती व्यवस्था अन्त्य भई मुलुकमा राजनीतिक परिवर्तनका साथ प्रजातन्त्रको पुनःस्थापना भएसँगै विसं २०४८ वैशाख २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । सोही निर्वाचनसँग जोडिएर मुलुकका केही स्थानमा विसं २०४८ माघ २६ गते र विसं २०५० माघ २५ गते उपनिर्वाचन गरियो ।

नेपाली कांग्रेसको बहुमतमा रहेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिभा विघटन गरी मध्यावधिमा जाने घोषणापछि २०५१ कात्तिक २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । मुलुकको अस्थिर राजनीतिक परिस्थितिका कारण प्रतिनिधिसभा निर्वाचन घोषणा भई विसं २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनपछि मुलुकका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०५६ मङ्सिर २३ गते भएको तथ्याङ्क छ ।

नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्ष तथा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा विसं २०६४ चैत २८ गते संविधासभा सदस्य निर्वाचन भयो । सोही संविधानसभा निर्वाचनसँग जोडिएर विसं २०६५ चैत २८ गते उपनिर्वाचन भएको थियो । बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा दोस्रो संविधासभा सदस्य निर्वाचन विसं २०७० मङ्सिर ४ गते भयो भने केही स्थानमा उपनिर्वाचन विसं २०७१ असार ८ गते र चैत २८ गते भए । सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन दुई चरणमा विसं २०७४ मङ्सिर १० र २१ गते सम्पन्न भयो ।

नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएका अरु राष्ट्रियस्तरका निर्वाचनमा विसं २०७४ माघ २४ गतेको राष्ट्रियसभा सदस्य, विसं २०७४ चैत ४ गतेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई पनि लिने गरिएको छ । विसं २०७६ मङ्सिर १४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन तथा विसं २०७६ माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनलाई पनि राष्ट्रियस्तरको निर्वाचनका रुपमा हेरिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution