Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम

प्रत्यूष २६५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २८, शनिबार (३ साल अघि)
विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम

धादिङ,२८ साउन ।
आदिवासी जनजातिको सवाल र पत्रकारको भुमिकाबारे धादिङबेसीमा अन्तरक्रिया गरिएको छ ।२८ औं विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङले सरोकारवाला निकाय र पत्रकारबीच अन्तरक्रिया गराएको हो ।

पछिल्लो समय आधुनिकताको नाममा वा बाह्य संस्कृतिका कारण नेपालको आदिवासी जनजातिको संस्कृतिमा विचलन आएको अन्तरक्रियामा सहभागीहरुले औल्याएका छन् । आदिवासी जनजातिहरुको संस्कार, सस्कृति र परम्पराको जगेर्ना गर्दै नेपाली श्रोत साधनका मालिक भनेको आदिवासी जनजाति हुन् भन्ने कुराको पहिचान गराउन स्थानीय सरकारले पहल गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताउनुभयो । विकटमा बसोबास गर्ने जनजातिका भाषा,सस्कृति र परम्पराको जगेर्ना गर्दै शिक्षामा जोड दिएर सीप र आयआर्जनसँग जोड्न सके आदिवासीको पहिचान स्थापित हुनेमा कार्याक्रमका प्रमुख अतिथी समेत रहनुभएका विश्वकर्माले जोड दिनुभयो ।

अहिले पहिचानको विषय नेपाली राजनीतिमा सबैभन्दा महत्वपूर्ण राजनैतिक मुद्धा बनिरहेको पनि अन्तरक्रियामा सहभागीहरुले बताएका छन् । ‘राजनैतिक पार्टीहरूले समेत यो पहिचानको विषय आदिवासी जनजातिको मात्रै हो भन्ने तर्क गर्छन् यहाँ नेर नै नेताहरू सही विश्लेषण गर्न चुकिरहेका छन’, नेपाल आदिवासी जनजाति समन्वय परिषद धादिङका पूर्व अध्यक्ष हरिशंकर गिदेल मगर भन्नुहुन्छ–‘यदि पहिचान हरायो भने कुनै जाति वा समुदायको अस्थित्व कायम रहन सक्दैन ।’

अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले आदिवासी जनजातिहरुको सशक्तिकरण अभियानमा फोनिजको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।सामाजिक संजालमा लेखिएका विचारहरुलाई पनि आम जनमानसले पत्रकारितासँग जोडिदिने र त्यसले समाजमा फैलाउने गरेको नकारात्मक भ्रमले पत्रकारिता पेशालाई नै चुनौति दिएकोले यस्ता चुनौतिसँग एक भएर लड्न फोनिजकर्मीहरुलाई आग्रह गर्नुभयो ।

नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता एवं् वडा नं. १ का वडा अध्यक्ष ठाकुर गुरुङले आदिवासी जनजातिहरुको जातीय सवाललाई माथी उठाउन सहयोग गरिदिन स्थानीय सरकारहरुसँग आग्रह गर्नुभयो ।फोनिज र फोनिजमा आवद्ध पत्रकारहरुलाई आफुले सक्दो सहयोग गर्ने पनि गुरुङले प्रतिबद्धता जनाउनु भएको छ ।

फोनिज संघीय समितिका सदस्य उद्धव चेपाङले आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र साँस्कृतिक पहिचानले सिंगो देशलाई नै चिनाइरहेको बताउनुभयो । कार्यक्रममा सहभागी जातीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार संघ संगठनका प्रमुखहरुले पनि आदिवासी जनजातिको सवाल सरकारको प्राथमिकतामा नपरेको बताएका थिए।

कार्यक्रममा फोनिजका संस्थापक अध्यक्ष तथा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता ठाकुर गुरुलाई सम्मान गरीएको छ ।साथै यसैबर्षबाट सुरु भएको ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्कृत हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

  • लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

  • सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution