Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद्का क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन महानिरीक्षक सिंहको निर्देशन

प्रत्यूष २७७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार (३ साल अघि)
विपद्का क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन महानिरीक्षक सिंहको निर्देशन

काठमाडौँ, १८ साउन 
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विपद्का जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्व तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र निर्माण भएको प्रहरी भवनको आज शुभारम्भ गर्दै अविरल वर्षाका कारण उत्पन्न डुबान, बाढी, पहिरो लगायतका सम्भावित विपद् क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन गर्नुभएको हो ।

“अपराध अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापनलगायत विपद् उद्धार कार्यमा प्रहरीले सदैव अग्रपङ्क्तिमा रहेर कार्यसम्पादन गर्दै आएको छ । कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नुपरेको दृष्टान्त छन्, यसकारण परिस्थितिअनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसङ्गत हुने हुँदा हामी सबैले यी विषयतर्फ ध्यान दिन जरूरी छ,” उहाँले भन्नुभयो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताउनुभयो ।

उहाँले उपत्यकामा हुने विभिन्न आपाराधिक गतिविधि नियन्त्रणमा काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले नवनिर्मित भवनले गणमा कार्यरत प्रहरी कर्मचारीलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त भवन रु २२ करोड ९० लाख ७१ हजार १९२ लागतमा निर्माण सम्पन्न भएको काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

  • पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution