Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

साउदीमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए १७ करोडभन्दा बढी ‘ब्लडमनी’

प्रत्यूष ३९५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
साउदीमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए १७ करोडभन्दा बढी ‘ब्लडमनी’

काठमाडौँ,१७ साउन ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन् ।

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम पाएका हुन् ।

सो अवधिमा मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बाँकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी कुल ५० लाख ९० हजार ९१८ साउदी रियाल (१७ करोड ८ लाख ३ हजार ६९८ रुपैयाँ)  मृतकको परिवारका नाममा पठाइएको दूतावासले जनाएको छ ।

गत आर्थिक वर्ष साउदी अरबमा दुर्घटना तथा विविध कारणले २०६ जना नेपालीको मृत्यु भएको थियो ।मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको, १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार गरिएको र ८ जनाको शव पठाउन बाँकी रहेको जानकारी दूतावासले दिएको छ।

दूतावासका अनुसार प्राकृतिक कारण (हृदयघात समेत) ११२ जना, आत्महत्या गरेर ३४ जना, सडक दुर्घटनामा परी ३१ जना, कार्यस्थल दुर्घटनामा परी १४ जना र कोरोना संक्रमणका कारण १४ जना नेपालीको गत वर्ष साउदी अरबमा मृत्यु भएको थियो । एक जना नेपालीको भने हत्या भएको थियो ।

ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा स्थानीय अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको दूतावासले जनाएको छ । त्यसमध्ये ५३ वटा केस अदालतमा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

  • पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution