Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जब किरणले खेल मैदानमै राखे प्रेम प्रस्ताव

प्रत्यूष १२०६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (४ साल अघि)
जब किरणले खेल मैदानमै राखे प्रेम प्रस्ताव

काठमाडौँ,१७ साउन ।

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।

किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका हुन् । किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।

गोलरक्षक चेम्जोङले सो अवसरको भिडियो इन्स्टाग्राममा सेयरसमेत गरेका छन् । ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’ उनले लेखेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’

टोलीको पुरस्कार बितरण समारोहमा किरणले आफ्नी प्रेमिका,उनकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लगेका थिए । कञ्चन पेशाले एयरहोस्टेज हुन्। उनीहरु केही वर्षदेखि प्रेममा रहेका थिए ।

सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा किरण उत्कृष्ट गोलकिपर घोषितसमेत भएका छन्।

माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा हार बेहोर्यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ । यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

  • Post Thumbnail

    एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नभसुरक्षामा नेपाली सेना सक्रिय

    Post Thumbnail

    पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

    Post Thumbnail

    गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा दश विदेशी पक्राउ

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution