Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्वदेशमा नै श्रम गर्न जनचेतना जगाउनुपर्ने : मन्त्री कुँवर

प्रत्यूष २७८ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (३ साल अघि)
स्वदेशमा नै श्रम गर्न जनचेतना जगाउनुपर्ने : मन्त्री कुँवर

काठमाडौँ,१६ साउन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वेदशमा नै रोजगारीको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज वैदेशिक रोजगार र श्रमसम्बन्धी रहेका समस्याका सम्बन्धमा गरेको बैठकमा उहाँले स्वदेशमा नै श्रमिकलाई श्रम गर्न जनचेतना जगाउनुपर्ने बताउनुभयो ।

नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उहाँले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गर्नुभयो । “नेपालमा नै श्रम बजार छ भनेर यहाँका श्रमिकलाई जनचेतना जगाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “नेपालमा नै विदेशमा गरे जतिकै श्रम पाइन्छ भन्ने कुराको जनचेतना गराउनु पर्दछ ।”

उहाँले भारतलगायत देशबाट आएका कामदारले नेपालका विभिन्न उद्योग, कलकारखानामा काम गरिरहेको बताउनुभयो । उहाँले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताउनुभयो ।

समितिका सभापति विमलश्री वास्तवले यहाँका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । “हामीले रोजगारका लागि बाहिर मुलुकमा श्रमिक पठाउने गर्दछौँ, तर हाम्रै मुलुकमा भारतबाट आएका श्रमिकले काम गरेर राम्रै आर्थिक उपार्जन गरिरहेका छन”, उहाँले भन्नुभयो, “मुलुकमा नै आन्तरिक श्रमिक व्यवस्थापन गर्नुपर्दछ ।”

उहाँले आफूले एक स्टिल उद्योगमा अनुगमनका क्रममा जाँदा एक हजार दुई सय श्रमिकमध्ये आठ सय भारतीय श्रमिक पाएको जनाउँदै नेपालमा रहेका श्रमिकलाई विदेशमा पठाउनुभन्दा स्वदेशकै उद्योग, कलकारखानाका काममा लगाउनुपर्ने बताउनुभयो ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले स्वदेशमा नै श्रमबजारको व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले आन्तरिक रोजगार गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत एक लाख ४५ हजार एक सय १३ जनालाई स्वरोजगार बनाइएको उहाँको भनाइ थियो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले स्वदेशमा श्रमिकले राम्रोसँग काम नगर्ने भएकाले बाहिरबाट श्रमिक ल्याउनुपरेको उद्योगी व्यवसायीले बताएको जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगीहरुले स्थानीय श्रमिकले राम्रोसँग काम नगरेका गुनासो गरेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि बढेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७३/७४ मा छ लाख ४२ हजार वैदेशिक रोजगारमा गएका थिए भने आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजारमा झरेको थियो । यस्तै आव २०७८/७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको छ ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution