Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपालमा थामिँदै पराकम्पन, बढ्दै भूकम्प

प्रत्यूष ३६१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (३ साल अघि)
नेपालमा थामिँदै पराकम्पन, बढ्दै भूकम्प

पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।

उहाँका अनुसार आइतबार बिहान ८ः१३ बजे खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्पन बारम्बार गइरहेका थिए । खोटाङमा गएको भूकम्पका कारण ठूलो क्षति नभएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारवटा पक्की घर भूकम्पको धक्काका कारण सामान्य रूपमा चर्किएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

नयाँ भूकम्प जाने क्रम बढ्यो
पछिल्लो समय पराकम्पनभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ ।

वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्पन हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ । पराकम्पनको क्रम तीन÷चार वर्षसम्म चल्न सक्छ । त्यसपछि भने फेरि भूकम्प आउन सक्छ ।

२०७२ यता गोरखा भूकम्पका पराकम्पन धक्का बढी गइरहेका थिए । पछिल्लो समय भने पराकम्पनको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको पाइएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

वरिष्ठ भूकम्पविद् अधिकारीले भने, “ठूला म्याग्निच्युडका वास्तविक भूकम्प गएपछि त्यसको पराकम्पन केही समयसम्म आउने–जाने क्रम चल्छ, सँगै नयाँ भूकम्प पनि गइरहन्छ ।” उनका अनुसार नेपालको भौगोलिक अवस्थामा पहाड र हिमाल बढिरहेकाले भूकम्पको जोखिम उच्च छ । नेपालको पश्चिमी भेगमा भूकम्प जाने सम्भावना तीव्र रहेको अनुमान गरिँदै गर्दा पूर्वी भेगमा आइतबार ठूलो भूकम्प गएको उनले बताए ।

यो वर्ष सुरु भएयता १३ वटा भूकम्पमध्ये चारवटा पराकम्पन रहेको केन्द्रले जनाएको छ । बाँकी नौवटा नयाँ भूकम्प हुन् । जसमा वैशाख ६ गते बझाङ र २१ गते जुम्लामा ४.१–४.१ रेक्टर स्केलका दुईवटा नयाँ भूकम्प गए ।-गाेरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution