
धादिङ,११ साउन।
भ्रष्टाचार र महँगी बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले थाल ठटाउँदै जुलुस प्रदर्शन गरेको छ ।
बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले धादिङबेशीमा थाल ठटाउँदै जुलुस निकालेको हो । महँगी, भ्रष्टाचार, कालोबजारी, मल अभावविरूद्ध जनता ब्युँझाउन रित्तो थाल ठटाएर विरोध प्रदर्शन गरिएको राप्रपा धादिङले जनाएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले खाद्यान्नको मूल्य बढेको र गरीब निमुखाले खाने थाल रित्तिएकोले त्यति रित्ता थाल ठटाएर सांकेतिक विरोध प्रदर्शन गरिएको राप्रपा धादिङका उपाध्यक्ष श्यमसिंह ठकुरीले जानकारी दिनुभयो ।
पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि नै राप्रपाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । सोही अनुसार प्रदर्शन गरिएको ठकुरीले बताउनुभयो ।
राप्रपाले भ्रष्टाचार र महँगी नियन्त्रण गर्न, किसानलाई मल र बिउ समयमा उपलब्ध गराउन, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउन, अतिक्रमित भूमि फिर्ता गर्न, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका माग गर्दै आएको छ। तस्विर नारायण सिलवाल

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |