Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्र बैंकको मूल्यवुद्धि सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने

प्रत्यूष ४४१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ९, सोमबार (३ साल अघि)
राष्ट्र बैंकको मूल्यवुद्धि सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने

नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ ।

‘९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले अगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन,’ राष्ट्र बैंकले सर्वेक्षण संक्षिप्त विवरणमा भनेको छ, ‘आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ ।’

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षको नतिजा सार्वजनिक गरेको हो ।

सर्वेक्षण २०७९ असार २० देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणको नतिजा १ हजार १४१ सहरी व्यक्तिहरुको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरुमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको अंश चैत २०७८ को तुलनामा बढेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

तरकारी र फलफूल तथा माछा, मासु, दुध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरुमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरताहरुको अंश चैत २०७८ को तुलनामा घटेको छ ।

तीन महिना पछिको मध्य अपेक्षित मूल्यवृद्धिको प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक  वर्षपछिको मध्य अपेक्षित मूल्यवृद्धि चैत २०७८ को तुलनामा थोरै घटेको राष्ट्र बैंकले जनाएको छ ।

‘तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमसः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् । व्यत्तिहरुले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्,’ राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

  • गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution