
काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ ।
वल्डोमिटर्सका अनुसार बितेको चौबिस घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, सोही समयमा ब्राजिलमा ५६ हजार २५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८७५ पुगेको छ ।
विश्वमा कोरोना संक्रमित भएकामध्ये हालसम्म ५४ करोड १५ लाख २५ हजार ९६२ जना निको भइसकेका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |