Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रुवी भ्याली र गजुरीमा करारका स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य सेवा रोकियो,१२ स्वास्थ्य केन्द्र बन्द

प्रत्यूष ४१६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३, मंगलबार (३ साल अघि)
रुवी भ्याली र गजुरीमा करारका स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य सेवा रोकियो,१२ स्वास्थ्य केन्द्र बन्द

धादिङ,०३ साउन।
धादिङको रुवी भ्याली गाउँपालिका र गजुरी गाउँपालिकामा करारका स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा रोकिएको छ। रुवी भ्याली र गजुरीले २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूको कार्यअवधी थप नगरेसँगै करारका स्वास्थ्यकर्मी मात्र भएको स्वास्थ्य चौकीमा सेवा प्रवाह रोकिएको हो ।

रुवी भ्यालीको ८ वटा स्वास्थ्यसंस्था असार २० गतेदेखि नै बन्द भएका छन् । खादिङ आधारभूत स्वास्थ्य सेवा केन्द्र, लाप्साङ्कर्पो आधारभूत स्वास्थ्य सेवा केन्द्र, कपुरगाउँ सामुदायिक स्वास्थ्य इकाई, तीनचेत सामुदायिक स्वास्थ्य इकाई, कुप्चेत सामुदायिक स्वास्थ्य इकाई, नेवेर सामुदायिक स्वास्थ्य इकाई, सेर्तुङ हेल्थपोस्ट बन्द भएको छ ।

स्वास्थ्य संस्थाहरु बन्द हुँदा विकटको गाउँपालिका भएकाले बढी समस्या देखिएको छ । सुत्केरी गराउन आउनेदेखि स्वास्थ्य परीक्षण गरी औषधि लिन आउने बिरामीले समस्या भोगिरहेका छन्का करार सेवाबाट हटेका अहेब निरबहादुर तामाङले बताउनुभयो ।

गाउँपालिकाले असार १६ गते सूचना प्रकाशित गरी हेल्थ असिस्टेन्ट ३ जना, अहेब ८ जना, अनमी ९ जना समेत गरी २९ जना स्वास्थ्यकर्मी माग गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार राईले बताउनुभयो ।

गजुरी गाउँपालिकामा असार ३० गते २० जना स्वास्थ्य सेवाका स्वास्थ्यकर्मी करारमा माग गरिएको छ । यसैगरी गजुरी गाउँपालिकाको ५ वटा स्वास्थ्य सेवा केन्द्रमा करारका कर्माचारी निकालिएपछि स्वास्थ्यकर्मीविहीन भएको छ । गजुरी गाउँपालिका वडा नम्बर २, ३, ४, ६ र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीविहीन भएको र पुरानालाई अर्को नआउँदासम्म ज्यालामा काम गर्न अनुरोध गरिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाका सुन्दर श्रेष्ठले बताउनुभयो ।

करारमा राखिएका सबै स्वास्थ्यकर्मी हटाउँदा ४ नम्बर वडा कार्यालय समेत स्वास्थ्यकर्मीविहीन भएको छ । स्वास्थ्य सेवामा असर परेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव सापकोटाले बताउनुभयो । रुविभ्यालीमा १ सय जना करारका कर्मचारीहरु कार्यरत थिए भने गजुरीमा ८० जना करारका कर्मचारीहरु थिए ।कार्यलय सहयोगीदेखि गाउँपालिकाको विभिन्न शाखामा कार्यरत करारका कर्मचारीहरुको करार सम्झौता नविकरण नहुदाँ सेवा नै प्रभावित बनेको छ । गाउँपालिकाहरुले खुल्ला विज्ञापनद्वारा कर्मचारी पदपूती गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

  • गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

  • श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

  • व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution