
काठमाडौँ,३१ असार।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तागबन्धनको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरलाई राजीनामा दिन लगाउनुपर्ने बताएपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको कुरा आइरहेको छ। उहाँलाई सरकारले राजीनामा गराउनुपर्छ।’ श्रेष्ठले भने ।
त्यसको जवाफमा देउवाले राजनीतिक संलग्नता देखिएको भए अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । तर, बैठकले त्यसबारे कुनै निर्णय भने नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |