Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा यसबर्ष २ हजार १५३ पिन्ट रगत सङ्कलन(विवरण सहित)

प्रत्यूष २९१७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (४ साल अघि)
धादिङमा यसबर्ष २ हजार १५३ पिन्ट रगत सङ्कलन(विवरण सहित)

धादिङ,३० असार ।

धादिङमा चालु आर्थिक वर्ष ०७८/०७९ मा २ हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको छ। जिल्लामा २०७८ श्रावण १ देखी २०७९ असार मसान्तसम्म जिल्लाका बिभिन्न ३८ सङसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ५२३ जना महिला र १ हजार ६३० जना पुरुष गरी कुल २ हजार १५३ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले जनाएको छ । धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ । विशेष गरि दुर्घटनामा परेका घाईते तथा बिरामीलाई सहजै रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले जिल्लाका बिभिन स्थानमा वृहत खुल्ला रक्तदान कार्यक्रम संचालन गरिदैँ आएको श्रेष्ठले बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले यसवर्ष ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखेको भएपनि कोरोना संक्रमण जोखिम लगाएत बिबिध कारण रक्तदान कार्यक्रमहरू नहुँदा रगत संकलनमा कमी आएको श्रेष्ठको भनाई छ । रक्तदान कार्यक्रमहरू रगत संकलनको प्रमुख स्रोत हो । रगत आपूर्ति गर्दै आएको रेडक्रसले अस्पतालमा आउने बिरामीलाई रगत आपूर्ति गर्दै आएको छ ।

रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका लागि आएका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी लगाएतले राहत पाएका छन् ।नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि जिल्लाको बिभिन्न गाउँ तथा नगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई रगत निःशुल्क दिने व्यवस्था मिलाएका छन् ।यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने शुल्क उपलब्ध गराउने गरेका छन् ।

२०७८ साउन १ गते देखी २०७९ असार मसान्तसम्म बिभिन्न सङ्घ संस्था, सहकारी र बिधालयहरु र रक्तदान गर्नेको सङख्या :

No description available.

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution