Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अब अनलाइनबाटै यसरी दर्ता गर्नुस् मतदाता नामावली

प्रत्यूष ३८८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (३ साल अघि)
अब अनलाइनबाटै यसरी दर्ता गर्नुस् मतदाता नामावली

काठमाडौं । निर्वाचन आयोगले आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरेको हो ।

बुधबारबाट परीक्षणकालीन रूपमा ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’बाट काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेश गर्न सक्नेछन् ।

मतदाता नामावली कसरी गर्ने दर्ता ?

  • सुरुमा आयोगको वेबसाइट खोल्ने र ‘मतदाता नामावली प्रि–रजिष्ट्रेशन’मा क्लिक गर्ने,
  • त्यसपछि ‘रजिस्टेशन’ मा क्लिक गर्ने,
  • अब दर्ताको लागि सुरुमा मोबाइल नम्बर माग्नेछ । मोबाइल नम्बर राखी दायाँ साइडमा रहेको एरोमा क्लिक गर्ने,
  • त्यो सँगै मोबाइल नम्बरमा भेरिफिकेसन लागि ‘ओटीपी’ कोड प्राप्त हुनेछ, उक्त ओटीपी कोड राखेसँगै दर्ताका लागि नयाँ वेबपेज खुल्नेछ,
  • उक्त पेजको बाँया साइडमा ‘नयाँ दर्ता’ भन्ने विकल्प रहेको छ,
  • नयाँ दर्तामा क्लिक गरेसँगै अब आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ, आवश्यक व्यक्तिगत विवरण भरेर अन्तिममा फर्म ‘समिट’ अर्थात बुझाउन सकिनेछ,
  • त्यसरी फर्म समिट गरेसँगै त्यहाँ एउटा सङ्केत नम्बर प्राप्त हुनेछ, सङ्केत नम्बरयुक्त उक्त पेज तपाईंले प्रिन्ट गरेर सुरक्षित राख्न आवश्यक छ,
  • सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution