Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

प्रत्यूष १०१० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २८, मंगलबार (४ साल अघि)
यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

काठमाडौँ,२८ असार ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबारबाट जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा सुरू भएकाे आफूपक्षीय भेलामा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । उनका अनुसार पहिलो- नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य र एकीकरण गर्दै जाने ।

अब पार्टी पुनर्गठन अनिवार्य भएको पनि उनकाे भनाई छ । ‘हामीसंग जसपाको बैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ । पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहबगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।’ उनले भनेका छन् ।

पार्टीमा संगठनात्मक समस्या भएको भन्दै उनले गुनासो पाखेका छन्- ‘पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न सकेन । पार्टी समायोजनकै बेलादेखि पार्टी कब्जा गर्ने’ सोच हाबी भयो । सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता र प्रतिनिधित्व हुने गरी समय मै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्धेश्यतर्फ निर्दिष्ट गर्ने भन्दा पनि अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउँने, कार्यकर्ताहरुमा निरासा र झर्को सृजना गर्ने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरियो ।

एकतापछि पार्टीका संगठन, समिति र सदस्य थपिदै र बढ्दै जानु पर्न मा झन घट्न थाले । पार्टीको सदस्यको अभिलेखीकरण तथा नवीकरणमा कुनै सार्थक प्रयास गरिएन । केन्द्रीय निकाय र विभागहरु ३ बर्षभित्र पनि गठन हुन सकेनन्। पार्टी समितिभित्र यथोचित पदनाम दिने, जिम्मेवारी बाँडफाँड गर्ने, तहगत इन्चार्ज तोक्ने काम कहिल्यै भएन ।

जनसंगठनहरु समायोजन गर्ने, प्रभावकारी परिचालन गर्ने र इन्चार्ज तोक्ने काम पनि भएन । संगठन बिल्कुलै तदर्थवादी बन्दै गयो । संगठनभित्र यतिधेरै झमेला, अविश्वास, द्वन्द्व र तनावहरु देखिए, त्यसको निरुपण समाधान गर्नुको साटो कुनै एक पक्षलाई उचाल्ने, उच्काउँने, काखी च्याप्ने र झमेलालाई सदावहार बनाइराख्ने काम भयो ।’

उनले पेश गरेको प्रतिवेदनमा भनिएकाे छ- ‘कुनै मोड र क्षणमा अध्याँरो आयो भने फेरि उज्याँलो आउँदैन भन्ने हैन । कुनै एक सन्दर्भ र समस्याले पार्टी विभाजित भयो भने फेरि एकता हुँदैन भन्ने हैन । सृष्टिको अनन्त चक्रमा राम्रो र नराम्रो, ठीक र बेठीक, एकता र विभाजन, सफलता र असफता, अनुकुलता र प्रतिकुलता दुबै छन। तपाइँ हाम्रो राजनीतिक तथा व्यक्तिगत जीवनमा पनि यी चक्रझैं घुमिरहने हुन ।’

मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराई समूह छुट्टाछुट्टै भेलाको आयोजना गरेर पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका हुन् ।

भट्टराईको राजनीतिक प्रतिवेदन-

28 Ashar -Political Doc-pdf

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution